Skip to content

हुँदैन मायामा नाफाको कारोबार


न कुनै गुनासो न कोही सरोकार
हुँदैन मायामा नाफाको कारोबार
न कुनै परिधि न केही छ आधार
माया नै प्राप्ति हो मायाको उपहार

आरिसको आगो बल्दैन मायामा
सिफारिस कसैको चल्दैन मायामा
विश्वास हम्मेसी ढल्दैन मायामा
मायाले मायालाई छल्दैन मायामा

न कुनै बैमानी न कतै तिरस्कार
पबित्र सम्बन्ध मायामा लगातार

चालखेल, जालझेल जान्दैन मायाले
आग्रह कसैको मान्दैन मायाले
जे दियो स्विकार्छ, छान्दैन मायाले
नदिनू धेरै बोझ धान्दैन मायाले

न कतै अनादर न कैल्यै कु-बिचार
मायाले गर्दछ मायालु व्यबहार

– १५ अप्रिल, २०१३ (ट्रोम्सो, नर्वे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *