Skip to content

थापाथली चोक र उडिरहेका logicहरू


आज कुरा गरौ- logicका । लजिकले महत्वपुर्ण भूमिका निर्वाह गर्छ जीवनमा । ऊ हेर्नोस variablesहरू कुदिरहेछन – थापाथली चोक वरपर । आखिर किन त ? किनकि logicको अभावमा ती variablesहरूले आफ्नो अस्तिव गुमाउनु परिरहेको छ । कुन variableलाई मन हुँदैन र! कि उसको जीवनमा पनि बजनदार valueथपिओस भनेर ? सबैलाई हुन्छ । कति local variableहरू छन, कति global variableहरू छन यहाँ । local भउन, global भउन जे सुकै भउन ; आखिर ती सबै variableहरू को उद्देश्य त एउटै न हो-value स्टोर गर्ने! हिजो राति मैले कृष्णजीलाई देखे सपनीमा । उनी भन्थे -“बाबु घोर कलियुग आयो ऐले; तिमीबाट स्वार्थी variableहरूले तिम्रो value खोसेर लग्न सक्दछन्! सचेत रहनु!!”

मैंले भनें-“हे नाथ ! लगुन सबथोक मबाट ;केही छैन!! आखिर म त खाली हात नै आएथे यहाँ, किन value गुम्यो भनेर विलाप गर्नु मैंले ?”

कृष्णजीले भन्नुभयो-“बाबु! कलियुग हो यो; तेसो भनेर हुँदैन तिमीले । बाच्न गाह्रो हुन्छ बाबु;गाह्रो हुन्छ”

“म NULL VARIABLE बनिदिउँला, logic जुन उडिरहेछन वायुमन्डलमा, म ती logicहरू सङ्ग पिरती साटुँला, प्रभु ।”

कृष्णजीले आशिर्वाद दिएर देवमन्डलीतर्फ बड्नुभयो । म त Null Variable हूँ एउटा- value विहीन ; जसको कुनै अस्तिव छैन यो लोकमा । म अँझै पनि थापाथलीचोक मै छु । म अवलोकन गर्दछु वरिपरिका दृश्यहरू । सबै variablesहरू, सृष्टिको यस program भित्र- value खोज्दै, अघी बढिरहेछन । उनीहरूको मगज भित्र – डाहा, इर्ष्या, छल, कपट, धोका, घमन्ड आदि अनादि नाम गरेका constructorहरू छन । म destructor बनाउन भनेर तीनकालागि logicको खोजीमा छु । आखिर म त तेसै पनि null variable नै भए; मैले सारा variableहरूलाई आफूँ सरी बनाउन खोज्नु स्वाभाविक नै भयो!

थापाथली चोक वरपर – logic आकाशमा चङ्गा उडेसरी उडिरहेछन । ऊ हेर्नोस – कस्तो सौम्यता, कस्तो शीतलता छ- यो स्वर्णिम सन्ध्यामा! ती सारा variableहरू value बटुलेर फर्किदै छन्; र हतार – हतार दिनभरि को साँढेजुदाइबाट आहत भएको मनलाई शान्ति दिन भट्टी तर्फ बढिरहेछन ।

चारै तर्फ NOT NULL variableहरूको जमात छ । value transfer भइरहेछ एउटा variableबाट अर्कोमा । classहरू छन यहाँ विविध थरीका – भट्टी, केसिनो, डान्सबार, रोदीघर अनि अरु के- के के- के जातीका । variableहरू थरी थरीका class भित्र छिरेर थरि- थरीका objectहरू सङ्ग computation गरेर एउटा value लियी बाहिरिन्छन ।

यस्तै रहेछ – यो सृष्टिको program! म त null variable, हेर्नोस ! म nullness मै रमाउछु; बाँदरहरूलाई intelligent agent ठान्दछु, गाइका बाछाहरू भित्र logic फुर्दै गरेको आभास पाउँदछु; बागमतीको दुर्गन्ध भित्र “logical error” भन्ने सन्देश पाउँछु; म बेहाल छु पनि, छैन पनि । म जे छु ठिकै छु । कुन्ती दिदीसँग गीत गाउँछु – “कोही भन्छन जिन्दगी यो कर्कला को पानी जस्तो…..” कर्कलाको पानी तितो हुन्छ- rum, vodka, whisky आदि, अनादी कुराहरू जस्तै! यी आदि- अनादी कुरा पिएर मानिस नशामा चुर भई रमाउछ; मैले जिन्दगीको तितो रस पिएको छु; र यसले मलाई नशामा डुबाएको छ । यसको नशा whisky, rum, vodkaभन्दा कम छैन साथीहरू! यसमा आफ्नै प्रकारको लजिक छ; त्यो logic बुझ्न सबै variableहरू NULL हुन बेहद जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *