धनले सुख मिल्दैन तापनि पछि दगुर्छ मान्छे
भुलेर सेवा हिं परमो धर्म आफै हसुर्छ मान्छे
प्रकृतिको पनि त आफ्नै गति छ हर कुरामा
कहाँ पुग्न हो खै किन सधैं यति आतुर्छ मान्छे
आफूलाई दुख्दा रुन्छ, भुल्छ पीडा सबैलाई हुन्छ
किन अरु खसाल्न कठिन बाटो चाहिँ कुर्छ मान्छे ?
भेटिएका छुटिन्छन् यहाँ नसोचेका फेरि भेटिन्छन्
अनौठो जीवन यात्रा ओहो! कहाँबाट जुर्छ मान्छे
हेर सबै क्षणिक हुन्सामु जेजे भएनि आखिर
बुझेर पनि बुझ पचाई किन फुरफुर्छ मान्छे
गोपाल खनाल
नुवाकोट, हाल पोखरा – ११
०७८/२/२०