Skip to content

अमरको २८औं कृति सार्वजनिक

  • by

राजधानीमा एक समारोहबीच सुरेन्द्र महर्जन”अमर” को २८ औं कृति छायाँ गीतिएल्बम सार्वजनिक भएको छ ।

एल्बमभित्र मेलिना राई र प्रदिप ग्लानको स्वर रहेको ”मभन्दा नि” मिलन नेवार र दिपक लिम्बुको स्वर रहेको ”फेसबुकमा लेखूँ कि टुइटरमा लेखूँ”, प्रदिप ग्लानको स्वरमा ”आँसु झर्दा पुच्छी दिने”, रिता के. सीको स्वरमा ‘थाहै नपाई”, आर्यन खत्री र संगीता रायमाझीको स्वरमा ”तिम्रो कसम” र लुमा स्याङ्ग्बोको स्वरमा ”रमझम रमझम लाग्छ तिमी साथ हुँदा” स्वर रहेको छ ।

गीतहरूको संगीतकारहरूमा राम कार्की, पुष्कर सुनुवार, राजकुमार, सबिन लिम्बुको रहेको छ भने गीतहरूको एरेञ्जर पुष्कर सुनुवार, राम कार्की, टंक बुढाथोकी, बुद्ध सायमी आदिरहेको छ । कार्यक्रममा गायक प्रदिप ग्लानले मिठो मभन्दा नि-३ को गीत गाउनुका साथै मन्तव्य व्यक्त गरेको थियो ।

पत्रकारहरू तुलसी गिरी, कविराज बुढाथोकी, विकास आचार्य, यमन पौडेल, पाशङ्ग तामाङ, राजु श्रेष्ठ, संगीतकारहरू सन्तोष श्रेष्ठ, विनोद श्रेष्ठआदिले सुरेन्द्र महर्जन”अमर” को कृति बारे धारणा राख्नुभएको थियो ।

ओएसनेपालको तर्फबाट विवेक कार्कीले मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *