Skip to content

बिना आगो जल्दो रैछ

  • by


बिना आगो जल्दो रैछ आफ्नै चिता आज
बिना कसुर बयान माग्छन् छुदै गीता आज

जाल झेल माया जाल गर्दै आफ्नो नाममा पार्छन्
मुटु भित्र बस्ने जग्गा, छैन एक कित्ता आज

चल्नै छाड्य़ो दिलको धड्कन पनि
एकाएक चुडिएसी मनको फित्ता आज

आखिर हिरासत् मै परे नजरबन्द सँजाए रे
मेरो नामको सबुत प्रमाण सबै रित्ता आज

रामकृष्ण पौडेल”अनयास”
गजलकुन्ज – चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *