Skip to content

चिन्ता नलिनु व्यर्थ

तिमीले पनि बुझ्यौहोला टाढिनुको अर्थ सबैकुरा भुलीदिनु चिन्ता नलिनु व्यर्थ

वतासले हाँगालाछि फुल भुँइमा झर्दा
योमन पनि दुखी नै छ प्रिय टाढिनु पर्दा
समयकै दोषथियो हुन गयो एक अनर्थ
सबैकुरा भुलिदिनु चिन्ता नलिनु व्यर्थ

कहिले काही सम्झनाले छटपटीन्छु अत्ती
मायाँगर्थे तिमीलाई आफूभन्दा कत्ती
निष्कपट मायाहाम्रो थिएन काँहि स्वार्थ
सबैकुरा भुलिदिनु चिन्ता नलिनु व्यर्थ

तिमीले पनि बुझ्यौहोला टाढिनुको अर्थ
सबैकुरा भुलीदिनु चिन्ता नलिनु व्यर्थ

सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *