Skip to content

हाम्रो सभ्यता

HariPaudel


संस्कारको रुखमा
बन्चरो हानी
अग्निमा होम गरिएछ
पुर्खाहरूले आर्जन गरेको
सम्पति खरानी भयो
बन्चरो लिई डुल्दै छन्
मुर्दाहरू
कसरी बचाउनु
हाम्रो संस्कितिको रुखलाई
भविष्यका कर्णधारहरूलाई
कुन फल
खुवाउनु अब?
अनुशासनको अस्तित्व
हराइसकेछ
आउने शन्तानलाई
कुन शिक्षा दिनु ?
सुरक्षा कर्मी मै
निष्ठाको अभावदेखि
असुरक्षित समाजमा
सुरक्षाको खोजी गर्दै
हतियार बोकी
हिडेका छन्
आफन्तसँगै
तर्सेर बसेका अवस्थामा
अपनत्व कहाँ
खोजी हिड्ने ?
एउटा संस्कारको
चितामा
अर्को संस्कारको
जन्म हुदै छ
हेरौं
यसले कता डोर्याउने हो
हाम्रो सभ्यतालाई

हरि पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *