Skip to content


धेरै वर्ष पहिले जापानमा मोरन्जी नाम गरेको एउटा मन्दिर थियो । त्यो मन्दिरमा एक मठाधीश पनि थियो । त्यो मठाधीशलाई चिया खुबै मनपथ्र्याे । ऊ चिया पकाएर अरूलाई खुवाउन पनि खुबै रूचाउँथ्यो ।

एक दिन उसले बजारमा एउटा राम्रो चिया पकाउने कितली देख्यो । त्यो कितली उसलाई किनूँ किनूँ लाग्यो । कितलीको आकार प्रकार मन लोभ्याउने भएकोले उसले किन्यो । त्यो कितली किनेपछि उसलाई कुन बेला मन्दिरमा पुगेर चिया पकाएर खाउँजस्तो लाग्यो । उसले सहनै सकेन । यति राम्रो कितलीमा पकाएको चिया पनि स्वादिलो नै हुन्छ । पकाएर अरूलाई खुवाउन झनै रमाइलो हुने उसलाई यति राम्रो कितली अरूलाई पनि देखाउन मन लाग्यो ।

उसले मन्दिरमा पुगेर चुल्हो पनि नयाँ बनायो । कितलीमा पानी भर्‍यो । आगो दन्कन थाल्यो । त्यो दन्केको आगोमा उसले नयाँ कितली बसाल्यो । ऊ पानी उम्लने पर्खाइमा थियो । तर आश्चर्य, कितली पीडाले कराउन थाल्यो । पोल्यो-आत्था, पोल्यो-आत्था भन्दै कितली चिच्याउन थाल्यो । त्यो कितली उप|mेर चुल्होबाट भुईँमा झर्‍यो । मठाधीश डरायो । ऊ अक्क न बक्क रहृयो । ऊ ठूल्ठूला आँखा गरी भुइँमा झरेको अनौठो कितलीलाई हेर्न थाल्यो ।

उसलाई लाग्यो यो त भुताहा कितली पो हो कि ? ऊ डरायो, चिच्यायो । तर कितली हलचल गरेन, चुपचाप जहाँको तहीँ बसिरहृयो । उसलाई यो कितली मन परेन । त्यो कितलीलाई कतै पन्छाउनै पर्ने भयो । तर कसरी ? कसलाई दिने यो भुताहा भाँडो ? कसलाई दशा लागेको छ र त्यस्तो भाँडो लिन ?

उसले त्यो भाँडो रद्दी वस्तु किन्ने मानिसलाई बेच्ने विचार गर्‍यो । रद्दी वस्तु खरीद गर्ने मानिसलाई पनि आश्चर्य लागेछ र सोध्यो यति राम्रो नयाँ कितली किन मलाई बेच्न लाग्नुभयो ?

उसले भन्यो तिमीले भनेको कुरा ठीकै हो, मैले नयाँ कितली किनेर ल्याइसकेकोले यो बेच्न लागेको मात्र हो । मलाई दुई-दुई वटा आवश्यक छैन ।

व्यापारी त्यो कितली लिएर रमाउँदै गयो । उसलाई लाग्यो यति राम्रो भाँडो सस्तोमा पाउनु भाग्यकै कुरा हो । आजको दिन राम्रै रहेछ ।

व्यापारी राम्रो भाँडो पाएकोमा रमाउँदैै रातको खाना खाइवरी सुत्यो । आधा रातमा खस्राकखुस्रुकको आवाजले ऊ ब्युँझियो । उसले आˆनो ओछ्यानको सिरानीनिर रहेको बत्ति बाल्यो र चारैतिर हेर्‍यो । उसले त्यहाँ जे देख्यो त्यो अनौठो र पत्याउन गाह्रो पनि थियो । उसले किनेर ल्याएको राम्रो कितली चलिरहेको रहेछ । उसलाई के मा आश्चर्य लाग्यो भने त्यो कितलीमा रौंले ढाकिएका खुट्टाहरू उमि्रएका थिए । लामो पुच्छर पनि उम्रेको थियो र उसको कञ्चटबाट लामा-लामा रौं पनि उम्रेका थिए । धर्काहरू देखिने उसको सेतो टाउको पनि थियो ।

उसले अकस्मात चिच्याएर सोध्यो, ‘मैले दिउँसो किनेर ल्याएको कितली तिमी नै हो त ?’ कितलीले टाउको निहुर्‍याएर ‘हो’ भन्यो । कितलीले भन्यो, ‘मलाई सौभाग्य ल्याउने चिया-कितली पनि भन्छन् तर वास्तवमा म राति हिँड्ने भालुजस्तो भुत्ले जनावर हुँ, मैले आˆनो भेष बदलेको छु । तिम्रो अगाडि म भालुजस्तो जनावर नभई चिया कितलीको रूपमा छु ।’

ब्यापारीले सोध्या,े’तिमी वास्तविक कितली होइनौ ?’ कितलीले भन्यो, ‘म कितली होइन, जसले मलाई आफूसँग राख्छ उसको भाग्य पनि चम्कन्छ । म बनाउँछु उसको भाग्य । तर तिमीले मलाई राम्ररी राख्नु पर्छ, मेरो जतन गर्नुपर्छ, जथाभावी गर्नुहुँदैन । मलाई पानीले भरेको र आगोमा राखेको पटक्कै मन पर्दैन । ‘

अहँ, तिमी नडराऊ, म कहिल्यै पनि त्यस्तो काम गर्दिन, मठाधीशले भन्यो ।

कितलीले फेरि भन्यो, ‘मलाई बाकस वा सन्दुकभित्र बस्न मन लाग्दैन । मेरो स्वास निसासिन्छ । यसो भयो भने त मेरो शक्ति

घटिहाल्छ नि!’

यो कुरा सुन्दै ब्यापारीले आˆनो शिर निहुर्‍यायो र यस्तो काम गर्दिन भन्ने सङ्केत गर्‍यो ।

ब्यापारीले भन्यो, ‘म गरीब छु, मलाई सम्पत्ति प्राप्त भयो भने तिमीलाई पनि केही हिस्सा दिन्छु ।’

यो सुनेर कितलीले भन्यो,’तिमी त राम्रो हृदय भएका मानिस रहेछौ । म तिम्रो गरिबी हटाइदिन्छु । मलाई अनेकौँ जादूका खेल र टि्रकहरू आउँछ । खेल देखाएर तिमीलाई धनी बनाइदिन्छु । तिमीलाई अब पुराना र रद्दी सामान बोकिहिंड्नु पर्दैन ।’

व्यापारीले खुला ठाउँमा एउटा मन्च बनायो । केही बाजा बजाउनेहरूलाई बोलायो र पैसा दिने वचन दियो । अनि तमासा देखाउँदा लगाइने लुगा लगाएर भीड एकत्रित गर्न केही भन्न थाल्यो –

मसँग एउटा चिया पकाउने कितली छ । यसको हात खुट्टा पनि छ, यो नाच्छ पनि । यस्तो अद्भुत तमासा हत्तपत्ति देख्न पाइदैन । भोलिपर्सि तपाईँहरूले जतिसुकै पैसा तिर्छु भने पनि हेर्न पाउनु हुन्न । यो मौका नगुमाउनु होला । मानिसहरू एक-एक गरी तमासा देखाउने ठाउँमा पस्न थाले । कितलीले पनि तमासा देखाउन थाल्यो । अनेकाँै किसिमले उप|mने कुद्ने पल्ट्ङबाजी खाने आदि कलाकारीता र हसाउने काम पनि गर्‍यो । उसको खेल सबैलाई मन परेको थियो, त्यो भीडमा नहास्ने चेहरा एउटा पनि देख्न सकिंदैनथ्यो ।

यसरी धेरै हप्ता यो तमासा देखाइयो । यो अनौठो खेल हेर्न टाढा-टाढाबाट मानिसहरू आउँथे । खेल देखाउने स्थान जहिले पनि भरिभराउ हुन्थ्यो ।

रद्दी वस्तु संकलन गर्ने त्यो ब्यापारी अब गरीब रहेन । उसले कितलीसँग भन्यो, ‘मैले चाहेको भन्दा बढी धन संग्रह भइसक्यो । तमासा देखाउँदा-देखाउँदा तिमीलाई पनि थकाइ लागिसक्यो । अब यो खेल-तमासा सधैंका लागि बन्दै गरौं ।

केही दिनपछि ब्यापारी मठाधीशकहाँ गयो । उसले आफूले कितलीको सहायताले धन कमाएको कुरा बतायो र उसले मन्दिरको लागि केही धन पनि दान गर्‍यो । यो धन यहाँबाट किनेर लगेको कितलीको कारणले कमाएको हुँदा यो मन्दिरको पनि मेरो धनमा अधिकार लाग्छ, उसले भन्यो ।

उसले कितली फिर्ता दिँदै मठाधीशलाई धन्यवाद दियो । मठाधीश यो अनौठो भाँडो पुनः पाएकोले खुसी हुँदै त्यसलाई एक विशेष स्थाानमा सिल्कको कपडाले बेरेर सन्मानपूर्वक राख्यो । त्यसको प्रयोग गरेन ।

मुना मासिक
पुस, २०६५

1 thought on “नाच्ने कितली”

Leave a Reply

Your email address will not be published. Required fields are marked *