जगतमा नि रगतको नै, जात चलेको छ ।
भित्र भित्रै आक्रोसमा, मान्छे जलेको छ ।
अन्जुलीमा पानी यहाँ, कसैले नि किन्दैन्
र त आज दोबाटोमा, आगो बलेको छ ।
नौनी जस्तै पग्लीदिन्छ, तल पर्दा मान्छे
थाहा हुन्न कतिबेला, कस्लाई छलेको छ ।
राष्ट्र प्रेमी बन्छ जो कोही, निजी स्वार्थमै
चोक चोक्मा बोट छ नी, पैसा फलेको छ । ……दर्पण
गजल
देशले अब छिटै निकास पाउर्नुपर्छ
निकासको साथ–साथ विकास पाउर्नुपर्छ ।
एउटा गरिब सरकारसँग रुदै भन्थ्यो
गास— बास अनि कपास पाउर्नुपर्छ ।
भोकले भौतारी रहेछन् सड्कमा जो
उसले बाँच्नलाई थोरै गास पाउर्नुपर्छ ।
अन्धकारमा मात्र कति बस्ने हामी
पृर्णिमको जुन जस्तै प्रकास पाउर्नुपर्छ ।