Skip to content

गजल (नपत्याउ तिमि बलुवालाइ चामल बनाउछु )

गजलको फसल बनाउछु
लटरम्म हलहल बनाउछु ||

जस्ले पढ्छ गजल हरु मेरा
सबैलाइ पागल बनाउछु ||

यो माटोमा गजल रोप्छु अनी
गजल नै थलथल बनाउछु ||

नपत्याए नपत्याउ तिमि हरु
बालुवालाई चामल बनाउछु ||

तहल्का नै मच्चाई देखाउछु
खैजडी लाइ मादल बनाउछु||

जीतु खड्का गाउले
मोरंग उर्लाबारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *