Skip to content

बन्दैछु


अब म यो देशको समाचार बन्दैछु
देश बचाउने बलियो आधार बन्दैछु

मान्नेले भगवान मूर्तिलाई मान्छन
म आफैं भगवानको अवतार बन्दैछु

अब मेरै यही माटोमा श्रम सिपसँगै
पसिनाका धारा पोख्न लाचार बन्दैछु

भाग्यलाई मात्र दोष थुपारी हैन म
कर्मले नै सफल लगातार बन्दैछु

फिँज बनी जीवन पातलिएर हुदैन
फिँजबाटै साबुन झैं आकार बन्दैछु

रामले दिनमै स्वप्न देख्छ भन्थ्यौ तर
सपनासँगै आज म साकार बन्दैछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *