Skip to content

यो नानीको आँखामा ए नीदरी

  • by


यो नानीको आँखामा ए नीदरी
आइदेउ छिटै यहाँ स्वाँग नगरी ।

झुलाउन झोलुङ्गोको तानेर डोरी
फुलाउन आज मीठो गाएर लोरी
स्वर्गबाट धर्तीमा ओर्ली सुस्तरी ।
आईदेउ ………

ताराहरू आकाशमा सुस्ताइ रहेछन्
फूलहरू बगैँचामा निदाइ रहेछन्
कोमल हातले थप थपाउन मुस्कान छरी ।
आईदेउ ………

मुना मासिक
पुस २०६५

Leave a Reply

Your email address will not be published. Required fields are marked *