भीडै भीड, कोलाहालमा सप्तरङी फूल फूल्यो
अस्ताचलको निशाभित्र तिम्रो यादको दियो बल्यो
कल्पनामै हराइदिन्थे आस्था विश्वास गौरव बड्थ्यो
संगीत-ताल, फेर्ने स्वास तिम्रै छाया पछ्याइदिन्थ्यो
एक्लो पन्लाई टाढा फाली आफैलाई फैलाइरहे
तिम्रो यादमा हराउने- रोगलाई बल्झाइरहे
टोलाउने लोलाउने बिबश्ताको अन्त्य गर्न
चिट्टै आउन मेरो समिप सुख दु:ख भाव साट्न
नियतिको बज्र लाठी हामीलाई नै बज्रिरह्यो
पीर अनि बेदनाको भेल फूटी बगिरह्यो
आकाशको चन्द्रमाले सीत्को थोपा दिएपनि
नदेखिने पीडा कठोर्, मुटुलाई डसिरह्यो
चारै ऋतु चारै मास तिम्रो अति याद आयो
आकश हेरी टोलाउदा तिम्रो साथको मात छायो
कल्पनामा पन्ख मार्दा तिम्रै तिम्रो मोह जाग्यो
तिमी मेरो आधा अङ्ग पक्षयघात हुन लाग्यो !!
काठमाणौ
२०११ अप्रिल