Skip to content

आसुँ पुछ्ने हातले


आसुँ पुछने हातले अरुलाई नै सिउदो सजाउन गएछौ
जीवन भरि साथ दिने वचन आफैले नै किन लत्यएछौ ?
कसरी मेरो पवित्र मायालाई तिलान्जली दिन गएछौ
धोका दिई मलाई अरुलाई जीवनमा अंगाल्न पुगेएछौ

तिम्रो प्रेमको परिभाषामा सायद लुटने थियो कि मेरो जवानी
स्वार्थको रंगले रच्नु थियो सायत मेरो र तिमी विचको कहानी
र त तिमीले बनाई गयौ मेरो जीवनमा कालो विहानी
आँसुको सहारामा वितछ रात अनि भिज्छ सिरानी

जाउ अब तिम्रो मायालाई मैले पनि पनि मेटाउन खोज्दै छु
तिमीले दिएको चिनोहरूलाई समसान घाटमा गएर जलाउदै छु
तिम्रो चिनोको कुनै अर्थ रहने अब
पहिलो प्रेमको दाहसंस्कार गर्दैछु

प्रेमको जाल रचेर जवानी लुटने समझिरहन हुन्न
तिम्रो धोका दिने दुई क्षणले मेरो यात्रा रोकिन्न
हासेर जीवन जिउने छु तिम्रोलागि अब कल्पिन्न
तिम्रो हातको निम्ति मेरो सिउदो कहिले पर्खिन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *