Skip to content

बरै काठमान्डौ तिमी

बरै काठमान्डौ तिमी
आत्ति बिस्यर भो
आत्ति हेला भो
तिम्रो स्याहार गर्ने
कोहि भएन …
दुनियाँ तिमी माथि
नाचेको छ
तिम्रो छाती कुल्ची
हाँसेको छ
तर तिम्रो ख्याल राख्ने
कोहि भएन…
के भूल थ्यो कुन्नि तिम्रो
जो कोहि आए पनि
तिम्रै छाती टेक्छन
तिम्रै गला फोरछ्न
तर तिम्रो संरक्षण गर्ने
कोहि भएन..
लुछे राम्रै सँग तिमीलाई
रहेन केहि बाँकी तिमी.
लुट्यो तिमी रित्तो भो
तर तिम्लाई नेया दिने
कोहि भएन…
देखिन तिम्रो आँशु पुस्ने हातहरु
देखिन तिम्लाई माया गर्ने कोहि
रहेन तिम्रो मूल्य केहि
तर पनि तिमीलाई
खोजिरहेछ…
अझै ..

बिरही लामा
लम्जुङ्ग-सिम्पानी-९
बगैचा
हाल-साउदी हाइल

Leave a Reply

Your email address will not be published. Required fields are marked *