Skip to content


कोइलीको मीठो स्वरले
भन्छ को हो को हो
कालो कालो कागले
सोध्छ काँ काँ
बुरुक्क उफ्री बाच्छोले
बोल्यो बाँ बाँ
पुच्छर लुकाई पाठोले
भन्यो म्याँ म्याँ
गिज्याएर बिरालोले
गर्‍यो म्याउँ म्याउँ
रिस उठ्यो कुकुरलाई
भुक्यो भोँ भोँ
भुन भुन गर्दै भँवरा आई
फूलमा बसी नाच्यो
सिउरी हल्लाई भाले हाँस्यो
गर्दै कुखुरी काँ …कुखुरी काँ
लसक लसक हात्ती आयो
भन्यो सबलाई
एकतामा बस्नुपर्छ
बुझ सबले
एक्लाएक्लै बस्यो भने
हेप्छन् सबले ।

मुना मासिक
पुस २०६५

Leave a Reply

Your email address will not be published. Required fields are marked *