Skip to content


पलपल तिमीलाई माया गर्ने म अज्ञात
उदास त्यो मुहारमा खुशी छर्ने म अज्ञात

जन्म ठाउँ प्यारो गाऊँ साथीभाइ सबै छोडी
तिम्रो निम्ति सारा त्यागी बास सर्ने म अज्ञात

जहाँ जहाँ खाँचो पर्छ राख त्यहीं मलाई नै
जिन्दगीका सबै खाली ठाउँ भर्ने म अज्ञात

मेरो प्राण रहेसम्म पर्खिनेछु तिमीलाई
जूनीभरि सधैं तिम्रो भर पर्ने म अज्ञात

जे जे पर्छ पर्छ बरु सबै कुरा मन्जुर छ
मर्नै परे पनि तिमीसँगै मर्ने म अज्ञात

अज्ञात पाल्पाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *