Skip to content

खोजिरहेछ संबिधान !


परिबेशहरू उस्तै छन्
समय सान्दर्भिक हुन सकेन
चाहना भरि भरि, नागो देश
ठिङिएको छ,
काकाकुल झै विकासका चाहना मन्भरि राखेर
दग्धतामा उम्लिरहेछ !
रुम्लिरहेछ आफ्नै आयतनमा,
ज्यानमाराहरूको शिकार भएको छ देश
हृन्सकको पन्जामा कराउछ देश
बरबराइरहेछ
बैंस बोकेकि कि योबना झै
खोजिरहेछ सम्बिधान
आधार
स्वाँस ! जाग्नलाई
बाच्नलाई
आशातित आन्खाले हेरिरहेछ देश,
जन्तुहरू !
पढाउछन मानवताका पाठ
उजाडिएको बस्तीमा गर्छन्
धन आर्जन्को शिल्यानास!
मत्स्य न्यायमा देश छ
गाँजने हुन कि ठुला माच्छाले
जङलीहरू ! उसकै आशमा जुटेका छन
लुत्ते कुकुर झै पच्छाई हिडिरा’ छन्
आफ्ना बिलासतामा ! मारेर आफ्नै बन्धुहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *