Skip to content


कता-कता बज्छन्-
कान र आँखा चनाखा हुन्छन्
अनुभूति जाग्छ :

हो,
यी उनका आत्मियताका ध्वनिहरू हुन्
सरर चित्रहरू आँउछन् —
सह-यात्रा …
सह-वास …
सह-योग …

होइन,
यी उनका सन्तुष्टिका ध्वनिहरू हुन्
सरर चित्रहरू देखिन्छन् —
चम्किलो मुहार …
कृतज्ञ भाव …
आलिङ्गन …

अहँ,
यी त उनका असन्तुष्टिका ध्वनिहरू हुन्
सरर चित्रहरू छायाँङ्कित हुन्छन् —
घुर्क्याइँ …
ठ म ठ म भुईँको थर्काहट …
डाडु पन्यूँका अनिच्छित आवाजहरू…

हत्तेरी,
यी आफ्नै हीनताका ध्वनिहरू हुन्
सरर चित्रहरू बन्छन् —
झस्काइ र तर्साइ …
टाढिन खोज्ने मन …
फकाउन उद्धत मस्तिष्क …

अहो !
यी त उनका ‘एअर रिङ्स्’ पो हुन्
… … … …
कति स्पष्ट भाव छर्छन् …
मूक भएर पनि …
तर आफू …

कता-कता बज्छन्
छिन् छिन् छिन् …
कान र आँखा चनाखा हुन्छन्
अनुभूति जाग्छ—
केके केके … ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *