Skip to content


ईजरायल भूमिको पहिलो पाईलासँगै यो भूमिमा मगमगाइरहेका नेपाली साहित्यिक र साँगितिक फूलहरू चुम्ने सुबर्ण मौका पाउँदै आएको छु । यसै क्रममा सांगितिक कोशेली “ईशारा” स्वयम रचयिता लक्ष्मी अनुरागीद्वारा प्राप्त गरेको थिएँ । आजसम्म बिबिध कारण मैले आफ्नो श्रोता हुनुको धर्म निभाउन नपाउँदा आफैलाई खल्लो लागिरहेको अवस्थामा आज दुई शब्द ढिलै भए नि शुभकामना बिस्तार गरिदिएँ ।

मैले तिम्रो “ईशारा”लाई बुझ्न सकिन पहिले
त्यही पल सम्झिएर मुटु दुख्छ अहिले ।

गायक आनन्द कार्कीबाट स्वरांकन यो टाईटल गीत भाव नासो-गुनासोको भए नि गायकले गीतलाई चुट्के प्रस्तुति दिएर अर्कै मिठास दिएका छन नाँचु नाँचु बनाएका छन । लक्ष्मी अनुरागीजीको “ईशारा” एल्बम भित्रको पहिलो भावुक शब्दद्वारा सृजित नासो-गुनासोको संगम तर गायकको कलात्मक प्रस्तुतिका कारण चुट्के झैं लाग्ने भएको छ । यसरी शुरु भएर गीत भावुक भावुक गीतहरूको संगमभित्र डुबुल्की मार्न थालें ।

लक्ष्मी “अनुरागी”, गीतका शालिन मुहार हुनुहुन्छ । उहाँ भित्रको भेट शायद क्षणिक पक्कै थियो तर याद भने सिडी भरि भरेर दिनुभएको छ । एन आर एन[NRN] ईजरायलको पुनर्गठनको दिन बिमोचित यो सिडी मैलेपनि उपहार स्वरुप प्राप्त गरें । मैले तुरुन्त आफ्ना श्रोता मनद्वारा बधाई दिन सकिन । एक त समयको मापदण्ड साह्रै साँघुरो, दोश्रो बिबिधताभित्रको जिन्दगी । यसरी जिन्दगीसँग उर्लिदै जाँदा लक्ष्मी अनुरागी भित्रको त्यो गीति शिल्प रचनात्मक कला भित्र अल्झिएर एक हप्ता मिठा-मिठा गीतको स्वाद श्रवन गरिरहें ।

कति मिठा मिठा शब्द चयन, परदेशको यो एक्लोपल अनि आफ्नै थोत्रे ल्यापटप अनि अनुरागीजीका भावुक एवं गुनासो, मिठो एवं रसिलो, अनूनय एवं पछुतोभित्र गुजुल्टिएका गीतहरूमा अल्झिरहें । शब्द सुधा भित्र अल्झिएर म गीतभित्रका शुभकामनासँग बल्झिएँ । लक्ष्मीजीले सबै गीतलाई ध्यान पुर्याोएर न्याय गर्नु भएको छ । स्थायीले बन्धनमा बाँध्छन अन्तराले मनैलाई हरिदिन्छन । जस्तै; निर्मोहीले सधैंभरि आँशुमा डुबाए नि, उस्कै माया लाग्छ जति मन दुखाए नि, संगीता प्रधानको स्वरले सजिएको यो गीत अतिनै जीवनलाई र रहरलाई स्याक्रीफाइस गरेर सृजित शब्दहार भेटें ।

यसरी लयका तरंगहरूमा सुहाउँदो संगीत र गायकहरूद्वारा न्यायनै गरिएको छ, त्यस्तै: शुभकामना तिमीलाई, सुखी भएर बाँच, मेरो चिता जलाउँदा मन खोलेर हाँस, मनोज राजद्वारा स्वारांकन गरिएको यो गीतले यति भावनाको दहमा डुबाउँछ । म डुबिरहें डुबिरहें । त्यसैले यो दुई शब्द बिस्तार गर्न उत्सुक भएँ ।

लक्ष्मी अनुरागीका गीतहरू जति फरक र फराकिलो पर्खालको बिचमा उभेर रच्नुभएको छ उत्तिकै फराकिलो अनुभूतिको संगम र फराकिलो शब्द-भावहरू भेटिन्छन । उहाँका सबै गीतहरू एक-से-एक छन तसर्थ यो सानो धन्यवाद स्वरुप, बधाई स्वरुप र शुभकामना स्वरुप दुई शब्द उहाँ र उहाँको कृतिलाई श्रोतामन प्रस्तुत गरेको छु । उहाँको गीतियात्रा कोलम्बसको मस्तिष्क र जहाजझैं अगाडि बढोस, सगरमाथाको टुप्पोबाट उदघोस गरोस र आगमी गीतहरूले मादल, बाँसुरी र सारङ्गीको भाखाहरू पनि समेटोस । शुभकामना ।

2 thoughts on “शुभकामना !”

  1. सबै सर्जकहरुलाई उत्तीकै मायाँ
    सबै सर्जकहरुलाई उत्तीकै मायाँ गर्ने शालिन स्वभाबका धनी भाइ बिजे बिद्रोही लाई हिर्दय देखि मुरी मुरी धन्यबाद | व्यस्त समयको बाबजुद पनि मेरो यो इसारा एल्बम भित्रको सबै गीतहरु लाई सुनेर गहिराइ बाटै मलाइ मायालु शुभकामना दिनु भएकोमा हार्दिक आभारी छु र यो दिदी लाई संधै यसरी नै मायाँ गरिरहनु हुनेछ भन्ने आशा पनि राखेकी छु |

    1. Thank you didi for the coment.
      sure didi, ma tapaiko sadhanalaai sadaiba pooja garnechhu ra apexaa pani rakhnechhu, tapaiko yatra sadaiba sugam ra uchcha paaila chumna safa hoss.

      UHi bhai bidrohee

Leave a Reply

Your email address will not be published. Required fields are marked *