Skip to content

समाजसेवाका पथप्रदर्शक स्व. खगेन्द्रबहादुर बस्नेत

  • by


डिल्लीबजार बीच भागमा एउटा पुरानो बंगला किसिमको सेतो घर छ । त्यहाँ घर छेउको खोपामा गणेशजीको मन्दिर छ । बाहिरपट्टि पर्खाल लगाइएको छ । तलपट्टि चार वटा कोठा छन । एउटा कोठा भित्र लामो स्टेचरमा सिरानी अग्लो हालेर सुतिरहेको एक जीवित ब्याक्तित्व देखिनु भएको छ । स्टेचर बेडमा सुतिरहेको अग्लो शिरानी हालेको खाना खाँदा छातीमा रुमाल बिछाइ बिस्तारै हातले खाने कोल्टे फेर्न पनि नसक्ने उठेर बस्न पनि नसक्ने । कही जादा पनि खाटैसँग बोकेर बाहिर कसैले लग्नु पर्ने । शारिरिक अबस्था अत्यन्त जटिल देखिन्छ । शिथिल थियो शरीर तर मन थियो बिजुली जस्तो जतातौ उज्यालो पार्ने ।

डोटेली पुर्खा राजा देव सिंह बस्नेतका त्यस पछि बिग्रेडियर पहलमान सिहं बस्नेत त्यस पछि कर्नेल इमान सिंह बस्नेत हजुरबुवा वीर बहादुर बस्नेत बाबा कर्नेण इनद्र बहादुर बस्नेत र आमा बेद राज कुमारीको पवित्र कोखबाट खगेन्द्रबहादुर बस्नेत ज्युको जन्म वि. सं । १९८५ साल माघ ५ गते डिल्लीबजारमा सन् १९२९ जनवरी १८जन्मनु भएको थियो । ११ बर्षको उमेरमा आमाको देहान्त भयो र पछि सानी आमा कोमल कुमारीको स्नेह र मातृत्वमा हुर्कनु भयो । जेठा दाइ प्रोफेसर नरेन्द्र बहादुर माइलो आफै साइलो भाइ डा. सूर्य बहादुर बस्नेत सानुभाइ डा. सिँह बहादुर बस्नेत र कान्छी मुमापट्टिबाट कान्छोभाइ मोहन बहादुर बस्नेत हुन भने ठुली दिदी मोहन लक्ष्मी राणा प्रेमा देवी शाह साइली मायाँ कान्छी बैनी लुप्त कुमारी बस्नेत र चार दिदी बहिनी थिए । उहाँलाई काजी भनेर बोलाउथे भनेपछि अपांग भै बुढानिलक्ठ जस्तो अबस्था भए पछि विष्णु बाबुको नामले चिनिनु भयो । दरबार हाइस्कुलमा पढनु भएको थियो । आइएसीसम्म त्रिचन्द्र कलेजमा । बियसी पढने भनेर भारतको इलाहावाद जानु भयो । त्यो बेलामा हेटौडाको भीमफेदीदेखि काठमान्डोसम्म पैदल हिडेर आउनु जानु पथ्यो । आउँदा उहाँको खुटटामा अत्यन्त पीडा महसुस भयो । काठमान्डौमा औषधी गर्दा पनि नभए पछि फर्किएर वैशाखीको आडमा भीमफेदी हुँदै भारतको इलाहावाद पुग्नु भयो । वि. स. २००४ सालदेखि एउटा खुटटा चल्न नसक्ने भैसकेको बेला इलाहबादमा पुरा गर्न पाउनु भएन । घरको हालत पनि त्यति राम्रो थिएन । मोहन शमसेरले उपचार गर्ने खर्च दिने आशा देखाए पनि केही केही सहयोग मिलेन । त्यस पछि घरमै बसेर वैसाखीको आडमा हिन्दा हिन्दै बिस्तारै अर्को खुटटा पनि बिस्तारै बिगरिदै गयो । करिव २००८ सालदेखि वैशाखीको भरमा हिन्न पनि नसक्ने अबस्था सृजना भयो ।

सानै उमेरदेखि अति मिलनसार सरल मिजास र उदार स्वभावका विष्णु सबैका लागि प्रशंसाका पात्र बन्नू भो । सानै उमेरदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटा, हरिप्रसाद रिमाल, गोपालप्रसाद रिमालदेखि संगीतज्ञ एवं चित्रकार पूष्प नेपाली, चन्द्रधर उप्रेती, अरविन्द रिमाल, त्रैलोक्य नाथ उप्रेती, डा. मिग्रेन्द्र राज पान्डे, डा. देवेन्द्र राज पान्डे, डा. लक्ष्मी नारायण प्रशाद कुवेर बैध्य, श्रीमती उमा प्रधान, सिंह शम्सेर राणा एवं जर्नेल कृष्ण शम्शेर राणा, स्याम दास वैस्नव, महेस मणि दिक्षित, मदनमणि दिक्षित, बालमुकुन्द देव पान्डे, प्रोफेसर सूर्य बहादुर सिंह, राजनितिज्ञ कृतिनीधि विष्ट,डाक्टर दिब्यस्वरी मल्ल, बद्री बिक्रम थापा, ढुन्डीराज शर्मा, मोहन राज जोशी, द्धारिकाभक्त माथेमा लगाएत कयौंको संगत र साथ पाएका विष्णु साहित्य दर्शन र खेलकुदमा उत्तिकै अभिरुची राख्नू हून्थ्यो । करिव एकाइस बर्षको खाइलाग्दो उमेरमा उहाँ अपांग हुनु भयो । अनेक कोसिस गर्दा पनि उपचार हुन सकेन । त्यसकारण उहाँमा अपांग हुनुको पीडा थियो । भर्खरको जवान तन्नेरी भएको बेला खाउखाउ लाउलाउ भन्ने बेलामा एउटा निरही जीवन जिउन विवश हुँदा त्यो मन कति रोयो होला कति दुख लाग्यो होला ?

उपचारको उपाय नभय पछि आफ्नो उपचार गर्ने सपनालाई संधैका लागि तिलान्जली दिएर हाम्रो जस्तो अर्ध चेतना भएको समाजमा एउटा अपांग मान्छे कसरी बाँच्ने भन्ने बिषमा लाग्नु भयो । बैशाखी टेकेर टोल वरपर हिन्दा पनि समाजले होच्याउने र हेला गर्ने गरेकोले देशमा अपांग हुनेहरूको पीडा महसुस गर्नु भयो । घरमै बस्दा बस्दै शरिर दिन दिनै शिथिल हुदै गयो । बिस्तारै अर्को खुटा पनि नचल्ने भयो र हात पनि बिस्तारै कुजिँदै गयो । बिस्तारै खान पिन र दिशा पिसाव पनि ओध्यायनमै गर्नु पर्ने अबस्था आयो । तर आफ्नो शारिरिक पीडा कसैलाई सुनाउनु भएन । कसैको आड भरमा बाँच्नु कति दर्दनाक हुदो रहेछ जीवन भनेर अनुभव गर्नु भयो । दुख पीडाको पोको कसैको सामु नखोली भविस्यको एउटा मार्ग कसरी खोल्ने होला भन्दै चिन्तित हुनु भयो । दुखले बगेको आशु पुछेर बाहिर हाँसो देखाउने आफ्नो पीडालाई मन्को खोकिलामा मै लुकाएर राख्ने गर्नु भयो । अरुको दुख एक पल पनि देख्न नसक्ने नैतिकता थियो । त्यो त्यागी बानी व्यवहारले गर्दा धेरै साथीभाइले माया गर्थे । साथीभाइ प्यारो भएकोले बारम्बार भेटघाट गर्न आउथे । डिल्लीबजारका धेरै केटाकेटीलाई एस एल सीमा पास गराउदा धेरै रौनक छाएको थियो । अरुको सफल्तालाई आफ्नो खुशी बनाएर जिउने कला थियो उहुमा । केटाकेटी र साथीभाइको निम्ति हरसम्भव भएसम्म सहयोग गर्ने मानवीय गुण थियो उहाँमा ।

सानो भुइकोठा छेउमा गणेशको पूजा गर्ने खोपी दुई चारवटा बाँसका मुडा सफा र आत्मीय लाग्ने त्यो कोठमामा आफ्ना कष्टका दिनहरू बिताउदै जानु भयो । २००७ सालदेखि २०२३ सालसम्म घरमै टिउसन पढाएर बिताउनु भयो भने त्यस पछि जीवनमा केही न केही गर्ने सोच बनाउन थाल्नु भयो । घरका परिवारले पनि आफ्नो अशक्त बिष्णु बाबुको अत्यन्त माया गर्थे । अबेरसम्म बसेर कुराकानी गरी अपांगताको पीडालाई बिर्साउन खोज्थे । तर उहाँले आफ्नो पीडाभन्दा अरुको पीडा मेटाउने सोच लिएर चिन्तन गर्न थाल्नु भयो । यत्तिकैमा कोठमा उहाँकी माइली दिदी पस्नु भयो । विष्णु बाबु त्यति खुशी नभएको देखेर भन्नुभयो –

“के हो काजी तिमीलाई सन्चो छैन र ? तिमीलाई हाम्रो सहयोग र मायाको अभाव भएको हो कि त भाइ ?” दिदीको मन बुझाउन भन्नुभयो ।

“होइन दिदज्यू म त भाग्यमानी हुँ हजुरहरूको साथमा बसेर आफ्नो जीवन ब्यथित गरिरहेको छु । तर म अर्कै चिन्तनमा परेको छु । त्यो के भने म त आफू पढे लेखेको भएर कम्सेकम टिउसन पढाएर पनि हातमुख जोडेको छु । तर म जस्तो हालतमा पुगेका अपांगहरूको हालत कस्तो होला शहरमा त यसरी कुँजिएर बस्नु पर्छ भने गाउ पहाड हिमाल र तराइमा कसरी बाँचेका होलान म त कसैको बोमु बनेको छैन र मलाई माया गर्छन तर जो अरुको भरमा बाँच्नु परेको छ त्यस्को जीवन कसरी निर्बाह हुन्छ होला यस्तो समाजमा तिनीहरूको दर्दलाई कस्ले बुझ्ने कमजोर भए पछि सरकारको पनि कुनै निति नियम र बिधि बिधान छैन । आफ्ना घरभित्र कैदी भएका ती निर्दोष अशक्त अपांगहरूलाई कसरी म त्यो कारागारबाट बाहिर ल्याएर शिक्षा दिक्षा दिने ? कसरी मैले त्यो नयाँ गोरेटोमा हिडाउने जहाँबाट हिनेपछि कोही पनि अपांग आफूलाई अभागी ठान्दैन । यदि मैले देशका अपांगहरूलाई एउटा छानो मुनी राखेर शिक्षा दिक्षा र रोजगारका साथै उपचारको बाटो पनि खोली दिए कतिले आफ्नो पीडालाई खुशीमा बदल्न सक्थे होलान भनेर म सोच मग्न भएको छु ।”

परिवारले जति दुख बिर्साउन कोसिस गर्दा पनि बिष्णुबाबुको मन फर्काउन कसैले सकेनन ।

दिदी गएपछि भोलिपल्ट उहाँका दाइ नरेन्द्र बहादुर बस्नेत कोठामा आउनु भयो आएर सोध्नु भयो,”के छ विष्णु ? सन्चो छैन कि के हो तिमीलाई हँ ? अलि खुशी देख्दिन नि म आजभोलि ।”

अनि दाइलाई भन्नुभयो,”दाजु म ठिकै छु तर म एउटा योजना सोचिरहेको छु । म एउटा संस्था खोल्न चाहन्छु । यहाँ म जस्तै अपांगहरू थुप्रै छन । उनीहरूको समस्यहरू पनि थुप्रैछन । म तिनीहरूको आँशु पुछन चाहन्छु । म नवजीवन दिन चाहन्छु । अपांग भएर कसैले पनि कुन्ठित जीवन बिताउन नपरोस भनेर सोचेको छु । यस्को निम्ति म तपाईंसँग सल्लाह माग्छु ।”

दाइ नरेन्द्र बस्नेतले भन्नुभयो,”बिष्णु तैले यो कस्तो असम्भव कुरा गर्छस । आफैमा एक समस्या बनेको छस् भने कसरी अरुको समस्य हेर्न सक्छस त आफै बुढानिलकण्ठ जस्तो सुत्यासुतै छस । तबाट यस्तोकाम कसरी हुन सक्छयो तिम्रो बसको कुरा हेाइन भाइ !”

“दाजु मान्छेले गर्न नसक्ने काम के छर । तपाईंले सल्लाह मात्र दिनोस । मलाई सल्लाह मात्र चाहिएकोछ । अरु केही चाहिँदैन ।”

यति भनेपछि दाइले भन्नुभयो,”बिष्णु त जिद्धि नगर । यो त मबाट हुने कामै होइन । तेरो निम्ति यत्रो घर छ । धन सम्पती छ । हामी छदै छौ । त बेकारको मुन्मुट किन गर्छस । तिमीले गरेर यहा केनै मात्र हुन्छर । दाइको भनाइ प्रति दुखी हुँदै भन्नुभयो होइन दाजु म यो काम गरेररै छोड्छु । म मात्रै बाँचेर पुग्दैन । म जस्तै अरु पनि छन । जो काल मात्र पर्खेर बुचिरहेका छन । तिनैको निम्ति मृत्युवाट नयाँ जीवनतिर निरासाबाट आशातिर अन्धकारदेखि उज्यालोतिर अगतिबाट गतिशिलतिर डोरयाउन चाहन्छु । अचानोको चोट खुकुरीले थाहा पाउदैन दाइ । खानु लाउनुमात्र जीवनको अर्थ होइन । जसरी आगोले आगोनै बाल्छ त्यसैगरी चेतनशिल मानवले नयाँ जीवन दिनुपर्छ अनि मात्र जीवनकोअस्तित्व दिगो रहन्छ । बाँच्नु मात्र जीवन हो भने कुकुर पनि त बाचिरहेका छन । कुकुर पनि त बाच्नको निम्ति अर्काको जुठो भात खाएर बाचेकै छ । आफ्नो भुडी भर्न त कुकुरले पनि त जानेकोछ । तर मान्छेको जीवनमा खानु र लाउनु मात्रै होइन । मान्छेले नगरी नहुने काम सेवा हो । म आफू जस्तैको सेवा गर्न चाहन्छु । त्यसैले दाजु मैले आटेको कामलाई पुरा गरेरै छोडछु । यसमा हजुरको मलाई आर्शिवाद मात्र चाहियो !”

यति कुरा भन पछि एक क्षिण चुप लाग्नु भयो । अनि दाइले भन्नुभयो,”लौ त भै हाल्यो जे जे गर्छस गरमैले केही गर्नु छ भने भन ।”

अनि दाइ पनि बाहिरिनु भयो । यत्तिकैमा कोठा भित्र सानी आमा कोमल कुमारी बस्नेतको प्रवेश हुन्छ ।

आमा -“विष्णु, अँझै पनि उठेको छैनस । के सोचेर बसिराखेको ?”

खगेन्द्र – (आमातिर हेर्ने कोसिस गर्दै) “केही होइन आमा मलाई निद्राले छोडी सक्यो ।”

आमा – “हेर त आफै त्यस्तो कम्जोर छस धेरै कुरा सोच्नुहुदैन । ल चिया पिउ म खुवाउछु शिरानीमाथि गर ।”

त्यति बेला उहाँको मुहार हँसिलो देखियो । संधैभरि चिन्तामा जलिरहने अनुहार आज हाँसेको देख्दा आमालाई अचम्म लाग्छ ।

आमा – (उस्को अनुहारतिर हेर्दै) “आज किन तेरो मुहार हसिलो देखिन्छ ।”

खगेन्द्र – “हो आमा म आज धेरै खशी छु ।”

आमा – “किन र ? के भो ?”

खगेन्द्र – “मेरो सपना साकार हुने भो ।”

आमा – “कस्तो सपना ?”

खगेन्द्र – “अपांगको सपना । एउटा नवजीवन गृहको सपना । अनि म जस्तैको सेवा गर्ने सपना । आमा मलाई आर्शिवाद दिनुस ।”

आमा – (टाउको माथि हात राख्दै) “लौ तेरो सबै मनोकांक्षा पुरा होस ।”

खगेन्द्र – “आमा हजुरको आर्शिबादले मैल सोचेको काम पुरा गरी छाडनेछु ।”

विष्णुको गहभरि हर्षका आशु बहन थाल्छन् ।

आमा – “विष्णु तेरो आँखामा आशु किन ?”

खगेन्द्र – “आमा, यी आँशु होइनन । यी त खुशीका मोतीहरू हुन । मेरा यिनै आँशुका बुँद नै हजारौ हजार अपांगको आर्तनादमा मलम बन्ने छ ।”

आमा – “हो विष्णु तेरो खुशी नै हाम्रो सन्तोष हो ।”

खगेन्द्र – “हो आमा यो संसारमा अशम्भवको कुरा नै के छर मान्छे नै युगका सम्भाहक हुन । उस्ले युगलाई जता पनि डोरयाउन सक्छ । त्यसैले त मान्छे सबै प्राणीमा उत्तम हो भन्छन । नत्र खान र लाउन मात्र सोच भए त्यो पशु र मान्छेमा के नै फरक रहयोर । मान्छे त्यो बाँचिरहन्छ जस्ले मान्छेहरूमा नया जीवन भर्दछ । सेवा गर्ने नै उत्कृष्ट धर्म हो । म यो मातृभूमिलाई आशुले सिचेर भए पनि मलिलो पार्न चाहान्छ । ता कि जुन माटोबाट हजारौ सुन्दर नव जीवन लिएर फूलहरू लहलहाउन पाउन भबिस्यमा । मान्छेले शरिर जिर्न हुदैमा जीवनै बेकार हुन्छ भन्छन । त्योकुरा म गलत सावित गर्न चाहन्छु । पहिले म मान्छे हुँ अनि मात्र अपांग । म मानवीय हैसियतमा बाँच्न पाउने अबसरहरू सृजना गर्न चाहन्छु ।”

“म यही ओछयानमा सुतेर भए पनि अरुलाई जगाउन चाहन्छु जो जागेर पनि सुतेका छन आमा ।”

आमा – “बाबु तिम्रो साहस र सपना देखेर म खुशी भए । सपना सबैले देख्छन तर रातमा देखेको सपनाले जीवनको ढोका खुल्दैन । तिमीले देखेको सपनाले धेरैको जीवनलाई नव जीवन दिलाउने छ । अपांग हुनु कुनै अभिशाप होइन । अपांग हुनु कुनै पुर्वजन्मको पाप पनि होइन र इस्वरको श्राप पनि होइन । अपांग हुनुका कारणहरू धेरै छन । राजनैतिक परिवर्तनका नाममा हुने घटना दुर्गटनादेखि सवारी दुर्घटना रोग असामयिक चोट पटक आदि आदि । यिनै समयको भुमरीमा परेर मान्छे अपांग बन्छ । गर्भमा हुदा आमाको कुनै अशरले अपांग भएर जन्मिन सक्छ । हेलचक्रयाइ पनि एक हो । तर ऊ अपांग हुदैमा उस्को सारा जीवन अपांग हुन्छ क्षेमताहिन हुन्छ । सृजना गर्न सक्दैन भनेर हसी उडाउनु बरु त्यो पाप हो । हो हाम्रो पिछडिएको समाजमा त्यस्तो प्रथा छ । कुनै अपांगलाई देखेर खिस्सि उडाएर मजा लिन्छन । मान्छेको रुप प्रति कुदृष्टि लगाउनु नै महाअपराध हो । घृणा र दुरव्यवहार गर्नु अमानवीय हो ।”

आमा – “हो ठिक भनिस मलाई त तिमी त्यस्तो भए पछि कति कतिले के केसम्म भन्यो यो समाजले । त्यही भएर जुन समाजले घृणा गर्छ र त्यसैको आशु पुछ्ने काम थालनी गर म त्यसैमा दंग छु बाबु ।”

खगेन्द्र – “हो आमा म अपांगको अधिकार अरुसरह स्थापत गर्न चाहन्छु । यहाँ कसैले पनि न्याया पाउदैन त्यस्मा मुन अपांगको त कुरै नगरौ । यहाँ अपांगलाई मानवीय हैसियतमा राख्न पनि कन्चुस्याइ गर्छन । राज्य नै अपांग प्रति गम्भिर छैन भने अरुले मुन के पो गर्न सक्छन र । न्यायपुर्ण समान्ता र सहभागिता नै हाम्रो अधिकार हो । यस्को निम्ति म उभिन चाहन्छु । हाम्रा अधिकारहरू कागजी घोडा बनाएर दोडाउदै आएका छन । म हाम्रो बर्गकोनिहित अधिकार र क्षमतालाई कुन्ठित हुन दिन्न । बिभिन्न वैज्ञानिक एवं उपयोगी शिपहरू सिकाएर आत्मानिर्भताको बाटोमा सुनौलो भबिस्यको जग बसाउने अबसरहरू जुटाउने छु ।”

आमा कोमलले सोधिन,”के तिमीले आफ्नो योजना तयार गर्यौ त ?”

“म यसरी कतिन्जेल फगतमा बाँच्न सक्छु र मुमा ? म सोचिरहेको छु र लेख्दै छु यस विषयमा । आफ्नो घरको परिवार मध्या कोही कमजोर भयो भने पन्चदेवलमा लगेर फाल्छन । बाटोघाटोमा लगेर फाल्छन । जो आफ्नो परिवारबाट घरबाट र समाजबाट मान्छे हुन भन्ने सोचसम्म नगरी फालेका छन । त्यस्ताको लागि म केही काम गर्छु मलाई सहयोग गर्नोस । यसरी आँखाभरी आँशु झार्दै फेरि भन्नुभयो । म अशक्त अपांगहरूलाई अर्काको भर नपरी समाजमा बाँच्न सिकाउछु आफनै खुटामा उभिन सिकाउछु । उनीहरू पनि मान्छे नै हुन भन्ने चेतना जगाउन चाहन्छु ।”

मनको मैलो मनैले धुन्छ आँशुले धुँदैन
मानीस महान कर्मले हुन्छ जन्मले हुँदैन ।

कर्म नै पुज्य हुन्छ कर्मले नै जीवनलाई सार्थक बनाउछ । म नयाँ कर्म थाल्छु जस्को आधारमा धेरैले आफ्नो भाग्यलाई अजमाउन सकुन । भ्ागवान कृष्णले पनि भगवत गीतामा कर्म योग कै बारेमा बताएका छन । पुलको आश नगरी म कर्म गर्छु । यसरी बिष्णु बाबाको कुराहरू सुनेर परिवार उत्साहित भए ।

फेरि कुरा थप्दै भन्नुभयो “न सरकारले हेर्छ न परिवारबाट नै चाहिने सहयोग र सुविधा जुटाउन सक्छन । न त समाजले नै उद्धार गर्छ । त्यसैका लागि मैले आफ्नो सपनाको बिजारोपण गर्न चाहन्छु ।”

कर्मले नै जीवनमा शिद्धि प्राप्त हुन्छ भन्दै हरक्षेण तिनै कुराहरू मनमा खेलाएर बस्नु भयो ।

यतिकैमा माइली दिदी आएर भनिन,”यदि यो गरिस भने त अमर हुन्छस भाइ । कोसिस गर !”

दिदीले ढाडस दिएकोमा वहाँले सन्तोष मान्नु भयो । उहाँका मनमा जन्मिएका ती अटल भावनाहरू बिस्तारै कापीका पानाहरूमा पनि लेखिन थाले ।

दिदीले भनिन,”धेरै परिश्रम नगर भाइ !”

तर उहाँको कलम रोकिएन ।

“हजुरहरूका कुरा सुन्दै गर्छु र म आफ्नो कुरा लेख्दै जान्छु । पिर नगर्नु दिदी ।” उहाँले भन्नुभयो ।

फेरि दिदीले भनिन “तिमी दिनभरी टिउसन पढाउछौ अनि रातभरि लेख्छौ किन आफ्नो प्राणको माया गर्दैनौ भाइभन्दा बिस्ष्णु बाबु हुन्छ केही दिन मात्र हो दिदी यो दुख मेरो आत्मालाई अरुको आधार बनाउन चाहन्छु । जब सबै कुराबाट मुक्त हुन्छु तव सबै आफ्नो कुराहरू खेल्छन मनमा । आफ्नो दुखाइ बिर्सन पनि लेखेको हुँ,” उहाँले भन्नुभयो ।

आफ्नी माइली दिदी निकै सहयोगी र सवल थिइन । उहाँको हर प्रयास र साहसलाई टेवा दिनु नै आफ्नो दायित्व भएको महत्व दसा्रउदै भाइको सपना साकार पार्न आफूले सक्दो सहयोग गर्ने बचन पाइरहनु भयो ।

कोठामा उहाँलाई सुताएर सबै बाहिर गए । केही दिन पछि रामेछापबाट रामु बस्नेत हेरचाहकोलागि आए । यसरी खगेन्द्रको बाटोमा थुप्रै बिकृतिहरूले अवरोध खडा गरे । संका र आसंक्काहरू उतपती भए । तर पनि उहाँका पाइलाहरू रोकिएनन । जस्को फलस्वरुप उहाँको आफ्नो कोठामा २०२५ सालमा अफिस बनाएर २०२६ सालमा नवजीवन गृहको रुपमा बिस्तार गर्न थाल्नु भयो । सानैरुपमा जन्म भए पनि बिज अटल थियो । जस्का जराहरू हजारौको जीवनसम्म गाडिएको थियो । त्यस्को बासना धर्तीभरी फिजिने खालको थियो । त्यस्को बोट देश भरी कलम गर्न सकिने थियो ।

उहाँको एक सपना हजारौको भाग्य बिधाता बन्यो । उहाँको एक चाहना हजारौको पृष्टभूमि बन्यो । हजारौको अबसर र चुनौतीको एक महान अभियान पनि बन्यो । खगेन्द्र नव जीवनको स्थापना गरेर एक महान बिभुति बन्न सफल हुनु भयो । ओझेलमा रहेका हरेक अपांगको आँशु पुछेर नेपाल आमाका एक सच्चा सपुत हुनु भयो ।

हस्त गौतम मृदुल

Leave a Reply

Your email address will not be published. Required fields are marked *