Skip to content

गजल : सवाल जवाफ

गजल दोहोरी
बिजे “बिद्रोही”:

मलाई नै फ्याँक्यौ प्रीये अरुलाई भेटे पछि।
धेरै खुशी मिल्यो होला मेरो नाम मेटे पछि।

चन्द्र चाम्लिङ:

सजाएर राखेकोछु मन मुटुमा प्रिय तिम्लाई
तेसै खुशी कहा मिल्छ मनमा छुरा रेटे पछि

बिजे “बिद्रोही”:

सजाकोथें हृदयमा छुरा हानी गयौ तिमी,
आज आखाँ खुलेको छ, चोट पाइ चेते पछि।

चन्द्र चाम्लिङ:

कति खोजे तिमीलाई दुनिया सारा संसारमा
पछुतो मै जीएकोछु ऐले सामु देखे पछि।

बिजे “बिद्रोही”:

अप्सरानै भन्ने-ठानी, पूजा गरें हृदयमा
पराईको तब भयौ अरु सँग लेटे पछि।

चन्द्र चाम्लिङ:

कैयौ पल्ट संझे मैले प्रियालाई त्यो बेलामा
मेरो कुनै सिप लागेन पराईले छेके पछि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *