Skip to content

नया नयाँ कुरा झिकी (चार मुक्तक)

  • by


(१)
नया नयाँ कुरा झिकी सताउनु न हजूर
मातृभूमि याद आए रसाउनु न हजुर
शोच्दै नसोचेको रेगिस्थान घर भो आज
कति भयो परदेशमा बताउनु न हजुर !

(२)
अपाहज बिचार उछालेर मख्ख नपर
दिनुहु आफ्नालाई खसालेर मख्ख नपर
आफैलाई चिन्यौ भने धेरै अघि बढ्नेछौ
शत्रूको घरबार बसालेर मख्ख नपर ।

(३)
सत्यलाई पखाल्न खोज्ने यी सरफ मान्छेहरू
जता पनि ढल्की टोपल्ने यी हरफ मान्छेहरू
अरूलाई दु:ख दिदा नत तातो नत चिसो
त्यतिकै पनि जम्ने यी हरफ मान्छेहरू ।

(४)
बोल्दा नि लत्यायो भन्नु होला हजूर
बोल्यो भने त पछ्यायो भन्नु होला हजूर
के गरौ लौ म त अभरमा परे
हाँसी दिदा अत्यायो भन्नु होला हजुर ।

अस्तु :
बिबेक दुलाल क्षेत्री दमक
वास्तविक नाम :भानु भक्त दुलाल
दमक, झापा
हाल :यू ए इ,अबुधाबी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *