Skip to content

ए कान्छा ठट्टैमा यो वैंस जान लाग्यो

  • by


केटा –
ए कान्छा ठट्टैमा यो वैंस जान लाग्यो
केटी –
जाँदैन वाचा खेर पर्ख लिन आउँला

केटी –
मिर्मिरे उशामा औंठी साँट्न आउनू
शीरमा रेशमी फेता बाँधी आउनू
केटा –
अमूल्य हिरालाई फूलफूलको डोली
बाजालाई अघि लाई वैंश थमाई आउँला

केटा-
ओभानो सिउँदो सिन्दुर छरिदिउँला
सुनको चुराले नाडी सजाइदिउँला
केटी-
सितार जडेको घुम्टोमा ओढी
सुस्तरी लाजले निहुरी म आउँला

शब्द – रत्नशमसेर थापा
स्वर – नारायण गोपाल, तारादेवी
संगीत – नारायण गोपाल
‘कालजयी स्वरहरु’बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *