छोराचाहिं है माया हिंड्दछ डुलेर
तरुनीको है माया गफैमा भुलेर
भन्न लागिन् आमाचाहिंले त्यो छोरालाई हेर
घरको काम गर्न छोडी आउँछ यति खेर
गाउँघरमा जोरीपारी हाँस्न थाले हेर
छड्के टोपी लगाइहिंड्छ तास पनि खेल
मर्ने बेला है भैसक्यो मेरो
यो घरबारी है माया सबै नै हो तेरो
आमाचाहिंको कुरा सुनी छोरो छक्क पर्यो
एउटा चुरोट सल्काएर तल्लो घरमा पस्यो
तल्लो घरमा पस्नासाथ भन्यो कान्छालाई
मेरो पनि लौ है भैंसी हेरिदेऊ है भाइ
भैंसी छोड्यो है माया अर्काको भरमा
आफू हिंड्यो है माया दार्जिलिङ् सहरमा
हातमा घडी साइकल चढी होटेलमै पस्यो
तरकारी र हलुवापुरी खान मेचमा बस्यो
आमाचाहिं घरमा हेर रुन्छिन् धरधर
छोराचाहिं एकैछिन बस्ने हैन घर
भैसी लड्यो है माया भीरबाट हेर
नौ शय साठी है माया गइहाल्यो खेर
सुपारी र चुरोट च्यापी आइपुग्यो छोरो
रुँदै भन्छिन् बुढी आमा कहाँ गैथिस् मोरो
भैंसी पनि मरिहाल्यो गयो घर खेती
रुँदै भन्छिन् बुढीआमा छाती पिटीपिटी
भैंसी मर्यो है माया खुत्रुक्कै हेर
नौ सय साठी माया गइहाल्यो लौ खेर
शब्द – कमल दर्नाल
संगीत – डेजी बराइली