Skip to content


अविरल निरन्तर सिलसिलामा बगेको समयसँगै
हाँसो, खुशी, पीडा, दर्द जे जसरीपनि हाँस्नुपर्छ, बाँच्नुपर्छ ।
राम्रो नराम्रो जस्तो भएपनि
जीवन निर्बाह बाच्नुमामात्र सीमित छ
अरुका खुशीका लागि पनि हाँस्नुपर्छ ।
सन्ततिका लागि पनि बाँच्नुपर्छ ।
कसैले जीवनलाई कर्कलाको पनि भन्छन कसैले जीवनलाई बगिजाने खोला भन्छन
हाटवजारमा राखिएको सस्तो सामान
डिपार्टमेन्टमा सजाएका महंगा समान
किन्ने मान्छे फरक फरक
सोच्ने दृष्टि फरक फरक कोही हेरेर फर्किन्छन
कोही किनेर फर्किन्छन जो हेर्छन जीवन देखि हार खाए जस्तो
जो पाउछन सारा संसार मिले जस्तो
तर समान जस्तो सस्तो महँगो हुदैन जीवन
सस्तो महँगो जीवनको रहस्य सम्झी बाँच्नु पर्छ ।
जीवनबाट फुत्किएका अवसरहरू फेरि फर्केर आउँदैन,
फुत्किन्छन् धेरै अवसरहरू पीडा हुन्छ अनि अल्झिन्छन
त्यही दर्दनाएक जीवन लिएर जिउने कला
मिलाउन नसक्नाले भाग्यलाई दोष थुपार्छन
अनि आफ्नो जन्मलाई धिकारछन
गाली गर्छन पटक पटक जन्मिएको कोखलाई भोगिन्छ, देखिन्छ सोचिन्छ र छर्लंग हुन्छ जीवन ऐना जस्तै निराशामा आशा साँच

साप्ताहिक पत्रिका, कपन बानेश्वोर

Leave a Reply

Your email address will not be published. Required fields are marked *