ढुकढुकी त चलिरन्छ, बाँकी रहे सास
बाँचे भेट भई हाल्छ, मरे मार्नु आश
मनको बोझ हलुङ्गो पार्न, पोख्नु पर्छ व्यथाहरू
मनमै कुरा गुम्सिन्छन्, थुपारेमा रास
हजारौं छन् अरु पनि, बिछोडको पीडा भोग्ने
एउटै तस्विर काफी छ, सम्झनलाई पास
निरासाको जिन्दगीमा, गराई आशा जीवित
सधैँ भरी एउटै कुरा, नयाँ! कुनै छैन खास
मिलनकानी दिन आउँछन, आशा पो किन मार्नु?
बाँकिरहे भेट हुन्छ, यो धरतीमा बास
ढुकढुकी त चलिरन्छ, बाँकी रहे सास
बाँचे भेट भई हाल्छ, मरे मार्नु आश
पुस्कल पौडेल (–––प्रतिक)