Skip to content

डोली चढ्नु अघि मलाई


डोली चढ्नु अघि मलाई, जहर पिलाईमारिदिनु
सवाल पक्कै आउँछ होला, बहानामा टारिदिनु

तिम्रो घरको बाटो गरी, मेरो लास बोकी लाँदा
गोही आँशु किन नहोस, दुई थोपा झारिदिनु

घाटमा आउन पाउँदिनौ, तरपनि टाढैबाट
तिम्रो नामको एउटा फूल, चितामाथि पारिदिनु

पराई घरमा पक्कै गार्हो, हुन्छ होला तिमीलाई
बिरामीको नाटक गरी, दुई छाक जुठो बारिदिनु

╰☆╮नविन╰☆╮
<•>लेटांग ४ मोरंग<•>
$ हाल रावागं मलेशिया $

Leave a Reply

Your email address will not be published. Required fields are marked *