Skip to content

औंला भाँच्दै यहाँ नचाउनेहरू


औंला भाँच्दै यहाँ नचाउनेहरू धेरै पाएँ मैले
हुँदा हुँदै भीरबाट खसाउनेहरू धेरै पाएँ मैले

आफू बाँचे भैगो अरुलाई त के मतलब छ र ?
दुनिया नै मुट्ठीमा मसाउनेहरू धेरै पाएँ मैले

माँया लाउँछु भन्नेहरू आए- गए कति कति
खाँट्टी प्रीत नलाई फसाउनेहरू धेरै पाएँ मैले

आसै आसमा बस्नेहरू आस नगरे हुन्छ यहाँ
आफनो खुशी मन बसाउनेहरू धेरै पाएँ मैले

स्वार्थी संसार स्वार्थ मन भएसि के लाग्छ र
अरुलाई नै रूवाई हसाउनेहरू धेरै पाएँ मैले

Leave a Reply

Your email address will not be published. Required fields are marked *