Skip to content

चाहे जे होस मैले बुझ्न नसकेको उनको उद्देश्य हो


कुरा केही बर्ष अगाडिको हो । जे जे भन्थिन उनी म मान्दै जान्थे । आज्ञाकारी बालक झै, नमानौ पनि कसरी एक अग्रज, अनुभवी, साहित्य आकाशमा एक नारी हस्ताक्षर पनि साथै अभिभावक जस्तो मान्छे । स्वविवेकले केही गर्न पाउन्नथे, आiफ्नो मनको मालिक आफै भएर नि मनको कुरा गर्दिनथे उनले आह्राएको, खटाउको गर्ने आदत बस्याथ्यो मलाई, भने बमोजिम गर्न बाध्यता त थिएन मनमा डरले घर बनाएको थियो कराउली, रिसाउलीन भनेर हुन पनि मान्यजनको कुरा कसरी काट्नु तर कहिले लाग्दैनथ्यो कठपुतली भएछु, हर आदेश आज्ञा पालना गर्थे कुनै कुरा नकाटी, “आटेर, विरोध नगरी ।

दिनहरू यसरी नै बित्दै गयो । उनी र म नभेटेको दिन शायद विरलै हुथ्यो । रातमा बाहेक प्राय हामी दुवैको भेट भएकै हुन्थ्यो, मानौ हामी प्रेमी प्रेमिका हौ । दिनमा भेट नभए फोनमा गफगाफ, एस एम एस आदि । हातेमालो गरी हिड्थ्यौ । एक दिन कुरै कुरामा भनिन “तिमी जंगली, दमकमा जन्मे, हुर्केकी जस्तो छैनौ ।”

मैले सुन्न बाहेक जवाफ केही दिन सकिन र सोच पनि आएन त्यति बेला । मलाई मेरो हात, खुट्टाको नङमा नेलपलिस लगाइ दिने, शृंगारी दिने गर्थिन कतै जान परे पर्दा नि “हंसमुखी हुनु पर्छ तिमीलाई देख्दा मान्छे निराश हुन्छ कता कता हराकी हुन्छौ’भन्ने थोर साहित्यीक, धेर फाल्टु कुरा गरेर दिन चार्य बित्ने गर्थ्यो । ममा केही सिक्ने लालसा थियो तर कहिल्यै यो, त्यो सिकाइ दिनु भन्न सकिन बस अहौए ज ित गर्दै गए । बिर्सेकी छैन मैल,े एउटा कविता लेखेकी थिए, देखाए पनि यसको र्शिषक के राख्ने मात्र भनेकी थिए । तात्तिएर “आफै पो राख्नु पर्छ । भनी र्झकदै “राम्रो लेखिछेउ भनी शायद उनलाई लागेको विषय होला एउटा गहकिलो शब्द देखाउदै” यी यही राख” भनिन् । त्यस पछि शायद मैले भुलेर केही देखाइन । उनले के लेखेकी छेउ भनी सोधिनन पनि । कहिले काही कार्यक्रममा सुन्ने सुनाउने हुन्थ्यो बस् । मलाई सिक्नु जान्नु थियो, प्यासी थिए साहित्यको अनि अनुरागी पनि । धेरै कुराहरू जान्नु, सिक्नु थियो मलाई, उनी स्थापित भैसकेकी थिइन् ।

खै किन गाह्रो मान्थिन सिकाउन, बुझाउन । त्यो त थाहा भएन मलाई मात्र फाल्टु गफ, कुरा हुन्थ्यो । गरेका सबै याद त छैनन् तर याद भएका मध्येको एउटा कुरा यो पनि हो भन्थिन “केटा पनि साथी बनाउ, हासी मजाक गर्ने गर ।”

म प्रतिक्रया नदिएर सुनिरहन्थे केवल सुनिरहन बाहेक कुरा काट्ने हिम्मत, आट थिएन मसँग । उनले भनेको हुनै, पुग्नैै, बोलाएसी जानै, खान दिएको खानै पर्ने यो, त्यो, यस्तो, उस्तो लगाउ यसले सुहाउछ भन्ने । जे होस निन्दा भने खुबै गर्ने गर्थिन मेरो ।

मेरो यति बिध्न निन्दा गर्ने व्यक्ति अचानक रिसाइन, कटु वचन लगाई गाली गरिन जुन कुराको कल्पना र सपनासम्म देखेकी थिइन मैले । त्यति बेला मेरो मानसपटलमा केही जवाफ आएन मात्र आयो खुट्टा समाउन, खुट्टा समाएर भने मैले कुनै त्यस्तो गल्ती गरेकी छैन । तपाई कै र्निदेशन अनुरुप चलिआए । भनेको कुरा नसुनी अपाच्य शब्दका झटाराहरू बर्षाइन, झटारा त बर्षाइन, बर्षाइन लान्छना समेत लगाउन पछि हटिनन् । निरिहलाई जस्तो व्यावहार, म जान्छु भने बसिन पनि ।

पर्नुसम्म छक्क परे अनि गाठी कुरा के रैछ भन्दा, जसलाई उनले मेरो व्यक्तिक विवरण सहित मोवाइल नम्बर दिएकी थिइन, उसले मलाई कल गरी आफ्ना परिचय दिइ, सुनेको कुरा मेरो मुखबाट पुन सुन्न खोज्यो । मैले फोनमा भन्न र भेटेर सुनाउन सम्भव नभएर लेखेर दिएकी थिए साराका सारा उसले परिचय अघि नै सुनेका र फोनमा बोल्दा मनमा लागेका कुराहरू लेखेकी थिए, गरेकी थिइन सम्बोधन, कही कतै लेखेकी थिइन मेरो नाम पनि । खै किन गरिन सम्बोधन खै किन लेख्न चाहिन आफ्नो नाम त्यो त थाहा भएन मलाई । मेरो उद्देश्य कसैको घर भाड्ने, समबन्धमा विष घोल्ने, मतिभ्रष्ट गर्ने, कुनै काम, कुरा बिगार्ने थिएन । चाहेर नि हुने नि केही होइन कसैको साथ, सहयो मिल्नु पर्छ अर्को कुरा नराम्रो काम कुराको परिणाम विभत्स हुन्छ । फन्दामा परिन्छ पनि ।

चाहे जे होस मैले बुझ्न नसकेको उनको उद्देश्य हो । दुःख सुखको साथी हुन सक्थिन उनी पनि किन केटा नै रोजीन थाहा छैन । एक नारीलाई जति सहज पुरुषसँग कदापि हुदैन । आफैले खनेर, देखाएको, दोहोर्याएको, हिडाएको बाटोमा हिड्दै नै थिए । के बिराए मैले लेखेर दिन । सारा कुरा मेरो अनुमति बिना नै एक अपरिचित मान्छेलाई मेरो बारे भन्न, मेरो नम्बर दिइ साथी बनाउन दवाव नितान्त निजी कुरा सुनाउन के हो । मैले एउटा निचोड निकाले इशारामा नाचुन्जेल राम्रो, कठपुतली बनिरहनु पर्ने ।

नखाएको विष लाग्दैन भनी चित्त बुझाउनु बाहेक केही विकल्प थिएन, बोली र गोली फर्कदैन । यो घट्नाले एउटा गतिलो पाठ सिकायो । धेरै समय मनमा राख्न सकिन मैले मिल्ने एक उमेरले बहिनी साहित्यिक सहयात्री जसलाई केही पर्दा र्निधक्क भन्न, साथ, सहयोग माग्न सक्थे । उनलाई सुनाए “के गर्न खोजेको त, हकार्दा डराएर कुचुक्क पर्नु भो होला, केही गर्दिनन म नि बोल्दिन्छु, गल्ती हुन्छ मान्छेबाट तर आजसम्म तपाईका बारेमा इति विकृत सुनिएको छैन । दिने जतिले दिएको मान सम्मान नबुझेर दिएका रैछन ।”

यो कुराले कहिले काही झस्काउने गर्छ । नझस्कावोस पनि कसरी अचम्मको व्यवहार, अचम्मको कुरा, घट्ना घटाएसी । अन्धो भक्त हुनु पनि मेरो कमजोरी ।

मनमा परेको गाठोहरू मध्धेको स्मरण रहेको गाठो फुकाएकी छु आज मैले । यो गाठोबाट मुक्ति दिएकी छु आज ।

यस्तो घात कसैलाई नहोस र दिनु पनि हुदै हुदैन । उनको नाम उजागर गर्न चाहिन मैले, लाग्छ जति पाठकले पढ्नु हुनेछ पक्कै बुझ्नु हुने नै छ ।

भावना सुब्बा २०७० १ २९

Leave a Reply

Your email address will not be published. Required fields are marked *