सुसेलीले बोलाँउदा, सुन्ने बेला खोइ त तिमी ?
खहरे भै बग्यो माया, थुन्ने बेला खोइ त तिमी ?
रङ्गिन् रात कल्पी कल्पी कुरे पनि साइतलाई
फूल छानी वरमाला उन्ने बेला खोइ त तिमी ?
कति आए जवानीमा माया साटुँ भन्नेहरू
उछिनेर तिन्कै सामु चुम्ने बेला खोइ त तिमी ?
अजर अमर प्रीत साट्न सयौं डाँडासँगै काट्न
समर्पणले माया जाल बुन्ने बेला खोइ त तिमी ?
थालीभरि फूल बोकी, मूर्ति ढोग्ने साधनाले
मुर्ख मिल्यो’बुद्धिमान’चुन्ने बेला खोइ त तिमी ?
बुद्धि मोक्तान