Skip to content

नेपाली गौरव गर्छौं आफ्नो पनमा

  • by


नेपाली
गौरव गर्छौं आफ्नै पनमा घमण्डी चैं होइनौं है
सबैको साथी बन्ने बानी हाम्रो पछ्यौटे त हैनौं है

आज पनि छ धामी झाँक्री हाम्रै नेपाली
तर मरेको छैन ठुला ठुला वैंश हाम्रै नेपाली
निधारमा नाम्लो ओढाई जीवन काट्ने नेपाली
निधारमै दीक्षा अटाई वीरता बाँध्छ नेपाली
छातीमा मायाप्रीति पनि राख्न सक्ने हाम्रो नेपाली
छातीमै गोली पनि सहिदिन सक्ने हाम्रो नेपाली

रावण झैं राक्षस बन्न सक्छ हाम्रो नेपाली
तर असुरको जाल होइन हाम्रो नेपाली
माया गर्नेको हामी मायालु हौं हामी नेपाली
वैरी भएमा विशालु पनि छ नेपाली
साँझमा मादल भिरी लैबरीमा नाँच्छन् हाम्रो नेपाली
साँझैमा बन्दुक भिरी लड्न पनि सक्छ हाम्रो नेपाली

शब्द – शरण प्रधान
स्वर – अरुणा लामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *