Skip to content

भ्रष्टाचारी भा नोट दिन्थे त्यो पनि होइनौ


भ्रष्टचारी भा नोट दिन्थे त्यो पनि होइनौ
ढुङ्गे मुटु भा चोट दिन्थे त्यो पनि होइनौ

कुरा चै गर्छौ मिठो मिठो हो, हुन्छ भनी
नेताजी भा भोट दिन्थे त्यो पनि होइनौ

निर्णय नै बन्नु पर्छ तिम्ले गर्ने सबै कुरा
न्यायाधीश भा कोट दिन्थे त्यो पनि होइनौ

सबै सहन्छु तिम्रो सौन्दर्य नै मत्लब भो
महसुस भा खोट दिन्थे त्यो पनि होइनौ

थाहा छ तिमीसँग जीवन फुल्दैन फल्दैन
गोड्मेल भा बोट दिन्थे त्यो पनि होइनौ

कागजी फूल तोरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *