Skip to content

मदनकृष्ण श्रेष्ठको स्वरमा देशभक्ति गीत सार्वजनिक

  • by

वरिष्ठ कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को रचनामा ”मतिनाया खँ” नेवारी गीति एल्बमभित्र सङ्ग्रहित नेपाल भाषाको उत्कृष्ट गीतहरूमध्येको एउटा देशभक्ति गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक नेपाल भाषाको गीत रामकृष्ण जुजुको प्रस्तुतिमा रहेको छ ।

आफू जन्मेको देशको माया कसलाई हुन्न र ? विश्वमा अनेकौं देशहरू छन् । आ-आफ्नो देशको माया सबैलाई प्यारो हुन्छ । देशको माया अनि देशलाई प्राणभन्दा प्यारो, नेपाल आमाको सन्तान भएर मुटुभित्र नेपाल राखेर बाँच्न पाउँ अनि देशको निमित्त प्राण पनि दिन सक्छु । गीतले नेपाली भै जिउनु सारा नेपालीको सान हो भन्ने सन्देश दिएको छ ।

चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत अनि बुद्ध सायमीको एरेञ्जरमा अडियो नेपालमा रेकर्डिङ भएको थियो ।

सार्वजनिक भिडियोमा कलाकारहरू गायक मदनकृष्ण श्रेष्ठ, रामकृष्ण जुजु र अन्य कलाकारहरू हसना महर्जन, रुक्सना महर्जन, रीतिना महर्जन, इशु महर्जन आदिको अभिनय रहेको छ ।

कुमारी नृत्य मैयाँ महर्जन र लाखे नृत्य सुजन बज्राचार्यको उत्कृष्ट अभिनय रहेको छ ।

गीतको भिडियो इडिटिङ्ग र छायांकन अमर चित्रकारले गरेको छ भने सुरेन्द्र तुलाधरबाट भिडियो निर्देशन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *