आकाश देख्दा थाहा भयो पाताल देख्दा थाहा भयो
अभागी रैछ कर्म हाम्रो नेपाल देख्दा थाहा भयो
जिन्दावाद मुर्दावादका गुञ्जिए नाराहरू यहाँ
जल्ने भयो सारा बस्ती मसाल देख्दा थाहा भयो
सत्ययुगमा पनि थिए पिपासु जवानीका प्यासी
मन्दिरको चारैतिर टुँडाल देख्दा थाहा भयो
साहित्यमा राजनीति प्रभाव बढ्दै गाको रैछ
फेसबुक सामाजिक सञ्जाल देख्दा थाहा भयो
लय भाव हराएको गजलको परिभाषा नयाँ
आधुनिक गजलको कमाल देख्दा थाहा भयो
जीतु खड्का गाउले
मोरंग उर्लाबारी