Skip to content

संगै ज्युने संगै मर्ने तिम्रो त्यो साथ पाए

संगै ज्युने संगै मर्ने तिम्रो त्यो साथ पाए
कति सुन्दर हुन्थ्यो जीवन तिम्रो त्यो हात पाए

जिन्दगीको मोडमा कति खुसि आउछन् जान्छन्
जीवनभरिको मेरो खुसि तिम्रै माया संग आए
सुख जति सबै मेरा तिम्रै सामु साटी दिन्थे
दुख हास्दै काटी दिन्थें तिम्रो त्यो साथ् पाए
कति सुन्दर हुन्थ्यो जीवन तिम्रो त्यो हात पाए

सपना जस्तै लग्छ मलाई कैले त यी रहरहरु
इश्वरको सामु गई सब बेली विस्तार लाए
उनले चाहे संसारमा नहुने के पो थ्यो र
सब मन्दिर मस्जिद चैत्य र गुम्बा धाए
कति सुन्दर हुन्थ्यो जीवन तिम्रो त्यो हात पाए

Leave a Reply

Your email address will not be published. Required fields are marked *