Skip to content

अझै भन्छौ मेरो देश कहाँ नेर खराब छ ?

मन्दिर मश्जीद पाटि पौवा जहाँ तहीं शराब छ
धर्म कर्म नैतिकता नाई पैसाकै लगाव छ
बुद्धिको त के कुरा बलकै यहाँ प्रभाव छ
अझै भन्छौ मेरो देश कहाँ नेर खराब छ ?

भोक रॊग अशिछ्या बिकाशको हाहाकार छ
नेताको भासणमा केवल दोषको सारासार छ
आफ्नो कर्म पुरा गर्न सबको टाराटार छ
बिकृति र विसंगति यहाँ मारामार छ

दानावताको भीडमा मानवता तानातान छ
दुइपैसाकोलागि आफ्नैमा हानाहान छ
अन्जान कोहि छैन सब जानाजान छ
नातावाद कृपावाद सबै छानाछान छ

सहिदको रगत संग स्वार्थ साटासाट छ
देशको ठेक्का नेताहरुको हातहात छ
राष्ट्रघाती कामहरु सबै रातारात छ
अच्छुत यहाँ कोइछैन सब साथसाथ छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *