Skip to content

बिना आगो जल्दै छ,तड्पिएर मुटु


तिमी बिना चल्दै छ,तड्पिएर मुटु ।
बिना आगो जल्दै छ,तड्पिएर मुटु ।

मन जलाई त्यसै माथि छर्यौ नून्–चुक
दिनानुदिन् गल्दै छ,तड्पिएर मुटु ।

धमनी र शिरा छुटिई दुई हुदाँ
रक्तनली छल्दै छ,तड्पिएर मुटु ।

शरिर छोडी आत्मा पर–पर भाग्दा
आँखाहरू टहल्लै छ,तड्पिएर मुटु ।।…..दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *