Skip to content

तीन मुक्तक (मान्छे, जीवन, र मन)

  • by
ChandraBhatta


१. मान्छे

समय परिस्थिति अनुसार बदलिन्छ मान्छे
मायामा बाढी आउँदा बदलिन्छ मान्छे
मनमा जति चोट, अनि जति पीडा भए नि
शुख पाँउदा आखिर, बदलिन्छ मान्छे

♣♣♣♣♣♣♣♣♣♣♣♣♣♣♣♣

२. जीवन

शुखको बर्षात हुदा, पलाउँछ जीवन
दुखको तुफान आँउदा, सेलाउँछ जीवन
शुख अनि दुखःसँग लड्नै पर्ने आखिर
मृत्युको आगमनसँगै, अस्ताउँछ जीवन

♣♣♣♣♣♣♣♣♣♣♣♣♣♣♣♣

३. मन

कसैको यादमा किन दुख्छ यो मन
शिरादको आगमनमा किन बग्छ यो मन
आफ्नो मान्दा पनि, आफ्नो नमानिदिँदा
तिनै यादसँगै किन गल्छ यो मन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *