Skip to content

तिम्रो बदलाव


बाटो हिंड्दा ढुक्ने तिमी,
अनि लाजले झुक्ने तिमी,
आजकल त कोइली भएछौ,
कुकुरसरी भुक्ने तिमी ।

भाग्ने तिमी नजिक पर्दा,
जिस्काउने जेसुकै गर्दा,
झन् झन् उत्तौली भएछौ,
दिनदिनै बैस बढ्दा ।

बोल्नै मन नभए पनि,
बोल्ने पर्ने करले पनि,
बोल्ने पैसा लागे जस्तो
आजकल त बोल्न पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *