Skip to content

रुनेलाई सक्छौँ त ? हाँस्न सिकाई देऊ


रुनेलाई सक्छौँ त ? हाँस्न सिकाई देऊ ।
भाषण हैन बिन्ती ! श्रम विकाई देऊ ।

किसानीको छोरो हुँ म, कोदाली पो खन्छु
सक्छौँ ? मान–सम्मान् इज्जत टिकाई देऊ ।

कतिका छोरा मरे, द्वन्द्धको चपेटामा
तिनैको बेपता सन्तान झिकाई देऊ ।

उपनिवेस बनायौं, हेर्दा हेर्दै देशलाई
अर्थ के ? सुगौलीको पत्र मिल्काई देऊ ।।…..दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *