Skip to content

तरबार बलियो हुदैन नि

NawarajPokharel


सुन नानी कलम भन्दा, तरबार बलियो हुदैन नि,
हाम्रा लागि छाप्रो असल, दरवार बलियो हुदैन नि

महलमा बस्ने पनि धेरै जंगल गएका छन्,
ननीको चाल गर्यौ भने घरबार बलियो हुदैन नि

जग राम्रो हाल्नु पर्छ बलियो घर बनाउनलाई,
तला मात थप्यौ भने आधार बलियो हुदैन नि

सबै कुरा नक्कल गर्छौ पश्चिमेली मुलुकबाट,
जानी राख कहिलै पनि साभार बलियो हुदैन नि

सम्हालिन सिक तिमी तुफान हावा हुरी आउदा,
भर नगर त्यसको मात्र बहार बलियो हुदैन नि

– सर्वाधिकार @ नवराज पोखरेल “पाखेली”
२० जेठ २०७०

Leave a Reply

Your email address will not be published. Required fields are marked *