खै कस्को कुरा सुनेर गई
अर्कै मान्छे चुनेर गई
म सफाइमा केही भन्दैथें
नसुनी कान थुनेर गई
खै कस्को कुरा सुनेर गई
तिर नजर्,हेराई ज्यानमारा
घाईते मुटु उनेर गई
खै कस्को कुरा सुनेर गई
सहमतिमै म राजीहुन्थें कि?
अनेक षडयन्त्र बुनेर गई
खै कस्को कुरा सुनेर गई
पिरले पोल्छ मन भतभति
पपिनिले जिउदै उसिनेर गई
खै कस्को कुरा सुनेर गई
अर्कै मान्छे चुनेर गई