Skip to content

हिलो भेटमै नजर जुध्यो

  • by


पहिलो भेटमै नजर जुध्यो मदहोसी भएँ म त
देखी तिम्रो रूपरङ्ग बेहोसी भएँ म त

ओठ टोकी मुस्कुरायौ थाम्नै गाह्रो भयो मन
तिम्रै हाँसोमा लट्ठिएको सोमरसी भएँ म त

लजाई लजाई बोल्यौ तिमी शिर तिम्रो निहुराएर
सधैँ तिम्रो नजिक हुन पढोसी भएँ म त

थोरै थोरै गर्दै नजिक मेरो सर्यौ जब
काप्न लाग्यो तन मेरो बेबशी भएँ म त

नजानिँदो गरी हातमा हात थमाइदियौ
झस्काइदियौ तिमीले खामोसी भएँ म त

Leave a Reply

Your email address will not be published. Required fields are marked *