Skip to content

तिमीसँगै पञ्चे बाजा बजाउने रहर

  • by


तिमीसँगै पञ्चे बाजा बजाउने रहर छ
खालि तिम्रो सिउँदोलाई सजाउने रहर छ

बेरिएर अँगालोमै तिमीसँग सधैँ भरी
लुट्पुटिई तिम्रै काखमा लजाउने रहर छ

सल्बलाई इन्द्रियहरू बेहोसी तिम्रो वदनमा
जुनी भरि तिमीलाई कजाउने रहर छ

छताछुल्लै पोखाएर यौवनका प्यासहरू
कलुषित यो मनलाई मझाउने रहर छ

भुलाएर सारा संसार तिमीमानै विलए भई
यो जीवन तिमीलाई बुझाउने रहर छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *