Skip to content


विश्वमान चित्रमा
एउटा सुन्दर बाटिका
जैविक विविधताले पूर्ण
तर दुर्भाग्य के भने
यसका मालीहरू हूँ भन्नेहरूका
काण्डहरू फाटिसकेका छन्
आज बाटिकाका पुष्पहरू
यिनीहरू बटै सशंङ्कित छन्
त्रसित छन्
बाटिकाका किनाराहरू
खोस्रिदै छन्
सगरमाथाको उच्चाई
कसैले बढाउँदै छन्
कसैले घटाउँदै छन्
बाटिकाको सौन्दर्यता आज लुटिदै छ
बाटीका श्रीखण्डले भरिएलाभन्दा
दिन प्रतिदिन कुकाठ थुप्रिदै छन्
स्वार्थै स्वार्थले भरीपूर्ण ती
मालीहरूका गीत गुञ्जिदै छन्
विदेशी बृक्षहरूको तप्कनी बढ्दो छ
वातावरण धमिलिदै छ
बाटीकाका पत्रदलहरू बहुदलीयबाट
एक दलीय बनेका छन्
यिनैमा मालीहरू रुमलिएका छन्
बाटीकाका पुष्पहरूको चाहना
जैविक विविधताको भावना
राष्ट्र र राष्ट्रियता प्रतिको धारणामा
कता कता ह्रास छ
त्यसैले आज बाटिकाका
पुष्पहरूमा आज कता कता निरासा छ ।

सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *