नि:शब्द मन
सृजनामा उन्मुक्त
भइरहेछ
माटोको रंग
कहिले फिका हुन्न
श्रद्धाको घडा
काफ्का र सम
देवकोटा र शेली
यही पढ्दैछु
यो उत्सुकता
प्राकृतिक होइन
देश बाहिर
प्रिय नौ छौ
रोम रोम नशामा
अनौठो माया
गफ र गफ
अहंको पहाडमा
मानिस धेरै
निलो समुद्र
तर सुख्खा हृदय
घरको याद
म भ्यानगग
तिमी चै उर्सुला
सफल प्रेम
आउनेछन्
नयाँ जुक्ति झिकेर
राम्रो नियाल
आमा र बाबा
डाडाका घाम जून
स्नेह भण्डार ।
अस्तु :
विवेक दुलाल क्षेत्री “दमक ”
दमक,झापा
हाल : अबुधाबी, यू ए इ