मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
मोफसलः पीडा र रचनाशक्ति
prakashpoudel — Thu, 01/15/2009 - 12:48
माटोको सुगन्ध बोक्ने सिर्जना आयातीत नारा र विदेशी नक्कलभन्दा धरै शक्तिशाली हुन्छ, यस्तो साहित्य यथार्थका भोगाइहरूबीच फस्टाउँछ । ढुङ्गा फोरेर हुर्कने पीपलजस्तै यस्ता साहित्यले फस्टाउन अरूको सहारा लिनुपर्दैन । यो आफ्नै सामर्थ्यमा हुर्कन्छ, फस्टाउँछ र मूलधारमा समाहित भएर इतिहासमा आफ्नो स्थान आफैँ बनाउन सक्षम हुन्छ । मोफसललाई न त राजधानीको थाँक्रोको चढ्नुपर्छ, न कुनै समालोचक र अखबारी स्तम्भकारहरूको गुटगत चर्चाको अशीर्वादकै आवश्यकता रहन्छ । शक्तिशाली कलमहरू मोफसलमा रहेर पनि आफ्नै रचना शक्तिमा स्थापित हुँदै आएका छन्, रचनाशक्ति नहुनेहरू राजधानीमै रहेर पनि पानीको फोकाझैँ अस्तित्वबोध हुन नपाउँदै बिलाएका पनि छन् । मोफसलमा रहेर निरन्तर सक्रिय कलमहरूले यसको दृष्टान्त दिई नै रहेका छन्, राष्ट्रिय मूलधारको साहित्यलाई चुनौती दिँदै आफ्नो स्थान बनाइ नै रहेका छन्, बनाइरहने छन् ।
यसपालिको दशैँतिहारमा हेटौँडा र रौतहटमा भएका दुई साहित्यिक कार्यक्रमले मोफसलका रचना शक्तिको राम्रै बोध गराए हामी धेरै पाहुना सहभागीहरूलाई । हेटौंडाको हासने र रौतहटका एकदर्जन जति साहित्यिक संस्थाको संयुक्त सञ्जाल तथा तिनका मित्रहरूको न्यानो सम्झनाबाट जुरेका ती अवसरहरू निश्चय नै महìवपूर्ण थिए । विभिन्न अभियान -आन्दोलनको नाउँमा हुने प्रचारवाजीका हल्लाखल्लाभन्दा अलग्गै चर्चाविहीन तर प्रभावशाली ती कार्यक्रम वास्तवमै कर्मण्यवाधिकारेस्तु माफेषुकदाचनका उदाहरण थिए ! तिनमा कुनै स्वार्थ र निहित अभीष्ट प्राप्तिका कुनै चाहना थिएनन् । थिए मात्र नेपाली भाषा -साहित्यको स्वार्थरहित समर्पणभाव । नेपाली हास्यव्यङ्ग्यका शिखरपुरुष भैरव अर्यालको सालिक अनावरणको हेटौँडा कार्यक्रम र महाकवि लक्ष्मीप्रसाद देवकोटा शतवाषिर्की तथा प्रतिभा सम्मान समारोहको चन्द्रनिगाहपुरको कार्यक्रम दुवै नै कसैबाट केही पाउने आशामा गरिएका थिएनन् । ती राजनीतिक दलहरूको आशीर्वादबिना प्राप्त नहुने सरकारी प्राज्ञ पद प्राप्तिका लागि गरिएका सक्रियता मात्र थिएनन्, जुन कतिपयमा देखिएको छ । ती सक्रियतामा पद, साधन र स्रोत हत्याउन गरिने गतिविधिको स्वार्थजन्य सक्रियता पनि थिएनन्, जुन राजधानीका कतिपय संस्था र तिनका पदाधिकारीमा देखिँदै आएका छन् ! त्यसैले निश्चय नै हेटौंडाले राज्यको बजेटबाट कुनै सहयोग पाउने आशाले नेपाली हास्यव्यङ्ग्यका महान् प्रतिभा भैरवको शालिक सोच बनाएको थिएन, न त चन्द्र्रनिगाहपुरले नै राजधानीका केही साहित्यिक संस्थामा देखिइरहेको जस्तो महाकवि शतवाषिर्कीका लागि राज्यले छुट्याइएको बजेट हात पार्ने उद्देश्यले शतवार्षिकी कार्यक्रमको मात्र अभिनय गरेको थियो, जुन अभिनय राजधानीका केही संस्थाले देखाइरहेका छन् ।
ती दुई कार्यक्रम मात्र प्रवचनका कार्यक्रम पनि थिएनन् । झापा, मोरङ, चितवन, सर्लाही, हेटौंडा, रौतहट, पर्साजस्ता मध्य र पूर्व नेपालका स्थापित तथा नवोदित प्रतिभाहरूको रचनाशक्तिसँगको परिचय दिने -दिलाउने महìवपूर्ण अवसर पनि थिए ती कार्यक्रम । ती अवसर, ती कार्यक्रम मोफसलमा रहेर नेपाली भाषा -साहित्य र संस्कृतिको उन्नयनमा सदा सक्रिय अनेकौं प्रतिभा तथा तिनका रचना शक्तिसँग साक्षात्कार गराउन अत्यन्त सफल थिए । तराई आन्दोलनका जायज आवाजसँगै केही कुत्सित आशयलाई राजनीतिक जामा पहिर्याउन सिपालु चतुरहरूको गोटीचालका कारण साम्प्रदायिकताको शिकार बनेको मधेसमा भाषिक -साहित्यिक सद्भाव जोगाउन कम्मर कसेर गरिएको सार्थक प्रयास थियो रौतहट समारोह । रौतहटको साहित्यिक केन्द्र चन्द्रनिगाहपुरका साहित्यसाधकहरूको त्यो प्रयास नेपाली भाषा साहित्यको उन्नयनमा मात्र सीमित थिएन, भाषा -साहित्यको माध्यमबाट जातीय सद्भावको संस्कृति निर्माणको समेत महìवपूर्ण प्रयास थियो त्यो ! र्जनाका दृष्टिले त झनै सशक्त थिए ती प्रयास ।
ती कार्यक्रममा यो पङ्क्तिकारको सहभागिता मधुपर्कसँगको संलग्नताका कारण मात्र थिएन, रौतहटले त तीन वर्षअघि नै यो सम्मानको निर्णय गरेर आमन्त्रण गरिसकेको थियो तर पनि यस्ता मोफसलका कार्यक्रममा सरिक हुँदा आफ्नो सम्पादनको प्रकाशनमा मोफसलको स्थान के रहँदै आएको छ, सोच्नु नितान्त स्वाभाविक थियो । राजधानीवाद र मोफसलका कुरा धेरै सुनिने सन्दर्भमा त यो झनै स्वाभाविक मान्नुपर्छ । पत्रपत्रिकामा राजधानीवाद र मोफसल सहभागिताको न्यूनताबारे मनग्यै चर्चा हुने गर्छन्, भइरहेका छन् । त्यसको लगत्तै राजधानीबाटै निस्कने एउटा दैनिकमा त्यस्तै चर्चा थियो । तर्कपूर्ण चर्चाभन्दा बढी आफू लामो समयसम्म (२०५९ असोजपछि) मधुपर्कमा नछापिनुको पीडाजन्य आक्रोश ! श्चय नै एउटा शक्तिशाली कलम कुनै प्रकाशनबाट लामो समय वर्जित रहेको भने त्यो जायज मान्न सकिन्न र मधुपर्कको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ तर सीमित सङ्ख्याका यस्ता नियमित प्रकाशनका पनि आफ्ना सीमा र बाध्यता हुन्छन्, तिनै कारणले गर्दा असीमित सङ्ख्यामा प्राप्त राम्रा-नराम्रा सबै लेख छाप्ने सामर्थ्य पनि हुँदैन । यो अर्को बस्तुगत यथार्थ हो ।
यो स्थिति मोफसल मात्र होइन, राजधानीकै सन्दर्भमा पनि लागू हुन्छ, भइरहेकै छ । मलाई थाहा छैन, हाम्रा अन्य दैनिक र मासिक प्रकाशनहरूमा मोफसलले कत्तिको स्थान पाउँछन् र पाइरहेका छन् । मोफसलवादका अतिरञ्जित चर्चाहरूलाई अग्रता दिएर छाप्ने राजधानीकै प्रकाशनहरूमा मोफसलले कत्तिको स्वागत पाइरहेको छ, त्यो पनि थाहा छैन तर राजधानीकै त्यो दैनिकमा प्रकाशित चर्चापछि मधुपर्कका पछिल्ला तीन अङ्कको अध्ययन गर्दा भने रोचक ढङ्गमा लेखिएको त्यो आलेखमा गरिएजस्तै व्यवहार भएको कमसेकम अनुभव भएन, जुन मधुपर्कको लागि सन्तोषको विषय पनि हो । तिनमा एकतिहाईभन्दा बढी सामग्री मोफसलमा रहेर राम्रो सिर्जना गर्ने प्रतिभाहरूकै थिए । मोफसलको परिचय खुलाउन नचाहने, राजधानीमा रहेर लेख्ने अन्य कतिपय प्रतिभाका रचना समेत गणना गर्ने हो भने, यो सङ्ख्या अरू निकै धेरै देखिनेछ, यो भन्न नपर्ला ! नमा कोही स्थापित भइसकेका देखिन्थे, कोही स्थापित हुन सङ्घर्षरत ! , अमुक व्यक्तिको रचना नभए पक्षपात हुने र मोफसल उपेक्षित रहेको मानिने हो भने, त्यसमा केही भन्नु छैन । व्यक्ति विशेषका नामलाई लिएर त्यस्तो धारणा बनाइनु उपयुक्त पनि ठानिन्न सायद् ! तिला र स्तरीय सामग्री छन् भने तिनलाई न मोफसलको आड खोज्नु जरुरी हुन्छ, न राजधानीको आडले निर्गतिला सामग्री पाठकबीच दीर्घजीवी बन्नसक्छ । सबभन्दा ठूलो कुरा हो लेखक स्वयम्को आत्मविश्वास, कलमको शक्ति र साधना !
मधुपर्क २०६५ पुस
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- उक्त कविता महोत्सवको पुरस्कार
19 hours 24 min ago - hlw
22 hours 5 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 8 hours ago - Good
1 week 8 hours ago - .Thanks
1 week 16 hours ago - Pratikritiya dinu vaekoma
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- मझेरी विज्ञप्ति
- यत्ति धेरै माया किन
- दसैं, ब्याज र नरपिसाचहरू
- अभिसप्त समयको घिनलाग्दो पात्र
- छिमेकीको छाता र छाडा छोराहरू
- खन्ती
- उसको निम्ति तिमी हाँसे पनि !
- हाम्रो बाको शिरको टोपी
- रन्थनिएर ईलाका, बस्ती र गाउँ
- झटारो
- रक्सी
- आमा
- थाहा नलागेको वसन्त बहार
- किन यस्तो
- हिजो आजका कुरा
- दूरी
- मरे पनि हुन्थ्यो भन्ने यहाँ सबैको कहर छ
- मेरो बारेमा नसोची
- एकदिन एक्लै हुँदा
- सरकार पो किन चाहियो

Post new comment