Skip to content

तिम्रो यादमा यो परानी

  • by


तिम्रो यादमा यो परानी गलाए त के भो
तिम्रै लागि आफ्नो मुटु जलाए त के भो

जीवनसाथी तिमीलाई मैले, भन्न नपाए नि अचेल
पुष्प मुना तिम्रै लागि पलाए त के भो

निर्मोही पो रै, छौ क्यार, माया गरे सधैभरि
समाजले उल्टै कुरा चलाए त के भो

मनले माया तिमीलाई गर्यो, नाई ! भन्न नि सकिएन
आफ्नै कारण आफैलाई, ढलाए त के भो ।

ध्रुब बिष्ट “अतित”
कार्यक्रम संचालक
हाल-रेडियो अमरगढी 97.4 मेगाहर्ज डडेल्धुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *