Skip to content


बगैंचा बिनाको माली भा’छु
रित्तो सुन्यताको ताली भा’छु

आफन्तद्वारै लुटिदा आज
चारैतिरबाट खाली भा’छु

जस्का जाल्मा फशे र सकिएँ
तिनैका नजर्’मा जाली भा’छु

जस्ले देख्छ अनुहार् बिगार्छ
सलहले सकेको बाली भा’छु

भरोशा भन्ने हुँदो रैनछ
र त लाछिएको डाली भा’छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *